अष्ट्रेलियामा नेपाली फिल्म अवार्ड आयोजन हुन लागेको छ । डि व्वाईज ईन्टरटेन्मेन्ट नामक संस्थाले मे २८- जुन १ सम्म अष्ट्रेलियामा ग्लोबल नेपाली फिल्म अवार्ड आयोजना गर्न लागिएको हो । नेपाली फिल्म र पर्यटन प्रवर्द्वनको उदेश्य सहित अवार्ड आयोजना गर्न लागिएको डि व्वाईज ईन्टरटेन्मेन्टका प्रमुख गणेश मल्लले बताए । पछिल्लो समय नेपाली फिल्मको बजार अष्ट्रेलियामा राम्रो हुदैँ गएको छ । अष्ट्रेलियामा नियमित रुपमा अधिकांश नेपाली फिल्महरु प्रदर्शन हुदैँ आएको छ । ठूलो फिल्मले करोड भन्दा बढिको ब्यापार अष्ट्रेलियामा मात्रै गर्ने गरेको छ । यसले नेपाली फिल्मको बजारलाई राम्रो प्रवर्द्वन गरेको छ । फिल्मकै मार्फत पर्यटन र नेपाली फिल्मका दर्शकमा पनि प्रवर्द्वन हुदैँ आएको छ ।
नेपाली फिल्मको विभिन्न विधालाई समेटेर अवार्डको आयोजन गर्न लागिएको हो । तीन दर्जन बढि कलाकार तथा फिल्मकर्मीलाई सहभागी गराएर अवार्ड आयोजना गरिने पनि गणेश मल्लले बताए । फिल्मका नोमिनेट कलाकार, चिनिएका प्राविधिक, फिल्म पत्रकार, आयोजक र फिल्मकर्मीलाई बाहेक अन्यलाई कार्यक्रम सहभागी नगाराईने पनि आयोजकले जनाएको छ । डि व्वाईजले अष्ट्रेलियामा विभिन्न कार्यक्रमहरुको आयोजन गर्दै आएको छ । घोषणा, नोमीनेशन, अवार्ड समारोह र धन्यवाद ज्ञापनसहित चार चरणमा हुने अवार्डमा विभिन्न १८ वटा विधाहरु समावेश गरिएको छ । बरिष्ठ फिल्मकर्मीहरुबाट जुरि मनोनयन गरि जुरिको निर्णय अनुसार अवार्ड प्रदान गरिनेछ ।
फिल्म, निर्देशक, कथा, संगीत, अभिनेता, अभिनेत्री, चरित्र कलाकार, गायक, गायीका, छाँयाकर, सम्पादक, ब्याकराउण्ड स्कोर लगायत विधाहरु समाबेश हुनेछ । यस्तै पपुलर हिरो अफ द ईयर, पपुलर हिरोईन अफ द ईयर पनि समाबेश गरिनेछ । एकजना चलचित्र पत्रकारलाई चलचित्र पत्रकारिता पुरस्कार र एकजना विशिष्ट फिल्मकर्मीलाई लाईफटाईम एचिभमेन्ट अवार्ड नगदराशीसहित प्रदान गरिनेछ । अवार्डमा समावेश हुने विधाहरु, सहभागी कलाकार तथा अवार्डको जुरी र अन्य जानकारी छिट्टै पत्रकार सम्मेलन गरि दिने आयोजकले जनाएको छ । पछिल्लो समय बिक्रितीको रुपमा आयोजना भईरहेको अवार्ड समारोहलाई व्यवस्थित र प्रतिष्ठित अवार्डको रुपमा आयोजना गर्न कुनै कसुर बाँकी नराख्ने पनि आयोजकले बताएको छ ।
२०८० सालमा प्रदर्शन भएका फिल्महरुको दर्ता शुरु भएको बताउँदै आयोजक संस्थाका गणेश मल्लले अवार्ड समारोहमा अष्ट्रेलियन फिल्मकर्मी, वितरक र नगारिकहरुको पनि उपस्थित हुने बताए । अवार्ड समारोहको भोली पल्ट अष्ट्रेलियामा नेपाली फिल्मको बजार, दर्शकको अवस्था र प्रवर्द्वन अन्तर्गत विदेशी फिल्मकर्मी पाहुना र नेपाली फिल्मकर्मीबिच संवाद तथा अन्तर्क्रिया कार्यक्रमको आयोजना गरिनेछ । अवार्ड समारोहको लागि चलचित्रसंग सम्बन्धित संघ संस्था, सरकारी संघ संस्था र र अन्य प्रायोजकहरुसंग पनि सहकार्य गरिने आयोजकले जनाए ।