बिरिसु मिडियाद्धारा आयोजित 'तेस्रो स्टार म्युजिक एण्ड फिल्मस अवार्ड २०८१' को फाइनल कार्यक्रम सम्पन्न भएको छ । चावहिलको चलचित्र विकास बोर्डमा गणतन्त्र नेपालका पहिलो उपराष्ट्रपती सम्माननिय परमानन्द झाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । अवार्ड कार्यक्रममा समाजमा विशिष्ट योगदान दिने व्यक्तिहरुलाई सम्मान पनि प्रदान गरिएको थियो । बिरिसु मिडिया प्रालिका प्रबन्ध निर्देशक नरेन भट्टराईले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा विशिष्ट अतिथिको रुपमा नेकपा समाजवादीका केन्द्रिय सदस्य सांगीता तामाङ, युवा नेता एंव खानिखोला गाउँपालिका वडा नं ४ का वडाध्यक्ष निशान मोक्तान, युवा नेता मिलन थापा रहेका थिए । कार्यक्रममा नारी टेलिसिरियलका कलाकार टिमको विशेष उपस्थिती रहेको थियो । कार्यक्रमको प्रमुख अतिथिको रुपमा बोल्दै सम्माननिय परमानन्द झाले निजी संस्थाहरुले सम्मान र अवार्ड कार्यक्रम गरेर नयाँ पुस्ताका कलाकारलाई हौसला प्रदान गरेको र पुराना कलाकारहरुलाई सम्मान गरेकोमा खुशी व्यक्त गरे । उनले बिरिसु मिडियाको प्रशंसा गर्दै भने, 'सरकारी तहबाट गर्न नसकेको काम निजी संस्थाले आँटेर गरेको छ । यो राम्रो कामको खुलेरै प्रशंसा गर्छु ।' बिरिसु मिडिया प्रा।लिका निर्देशक एंव कार्यक्रम संयोजक सुस्मिता स्याङ्तानले अवार्ड कार्यक्रम भव्य रुपमा सफल भएको र नेपालको इतीहासमै सबैभन्दा बढी समेटिएको बताइन ।
क-कस्ले पाए सम्मान ?
कार्यक्रममा उज्यालो नेटवर्कका कार्यकारी सम्पादक अनिश तामाङ 'राष्ट्रिय पत्रकारीता सम्मान',युरोपस्थित क्रोसियामा रहेका समाजसेवी दावा थिङलाई 'सर्वोत्कृष्ट समाजसेवी तथा युवा उद्यमी सम्मान' एनआरएनए माल्टाका अध्यक्ष एंव युवा नेता रेम्लाल खनाल (रेम्स) लाई 'राष्ट्रिय सेवा सम्मान' प्रदान गरिएको थियो । नृत्य निर्देशक संघ नेपाल युरोप शाखाका अध्यक्ष एंव नृत्य निर्देशक सुनिल गिरीलाई 'राष्ट्रिय नृत्य निर्देशक सम्मान' प्रदान गरिएको थियो । त्यसैगरी समाजसेवी एंव युवा नेता केशर बहादुर थापालाई 'विशिष्ट समाजसेवी सम्मान', अशिम लोप्चनलाई 'समाजसेवा र पत्रकारीता सम्मान', मेकअप आर्टिस्ट बिक्रम गौतमलाई 'विशिष्ट सेवा सम्मान', गोल्डेन पिक हाइस्कुलका प्रध्यानाध्यापक छत्रमणी राइलाई 'राष्ट्रिय शिक्षा सेवा सम्मान', विश्वकिर्तिमानी एंव कलाकार मनिश श्रेष्ठलाई 'राष्ट्रिय कला सम्मान', प्रशान्त घिसिङ तामाङलाई 'युवा व्यवसायी सम्मान' प्रदान गरिएको थियो । त्यसैगरी देवानन्द झालाई 'राष्ट्रिय पत्रकारीता समाजसेवा सम्मान' प्रदान गरिएको थियो । त्यसैगरी बुद्धिराम वि.क, दुर्गा बहादुर तामाङ, खिम बहादुर सुनार, नम बहादुर विश्वकर्मा, शंकर कुमार विष्टलाई 'राष्ट्रिय सेवा सम्मान' प्रदान गरिएको थियो ।
क- कस्ले पाए अवार्ड ?
वरिष्ठ गायिका इन्दिरा गोलेलाई लाइफटाइम अचिभमेन्ट अवार्ड, सर्वोत्कृष्ट राष्ट्रिय गीत छिमी माम्बा - "हाम्रो रूबी भ्याली", सर्वोत्कृष्ट चलचित्र अभिनेता शितल के.सी. - "सम्हाली राख है", सर्वोत्कृष्ट आधुनिक भावुक गीत गीतकार विष्णु मुरी - "आँशु बर्बरी", सर्वोत्कृष्ट चलचित्र अभिनेता (जुरी अवार्ड) बिरमान स्याङ्तान - "दुवाली", सर्वोत्कृष्ट चलचित्र अभिनेता (पब्लिक चोइस अवार्ड) अर्जुन खड्का - "सानु", सर्वोत्कृष्ट नेपाली लघु चलचित्र निर्देशक अमर ओली - "अन्धा विश्वास",सर्वोत्कृष्ट नेपाली चलचित्र खलनायक मिलन तामाङ - "आ ङला ह्राङब माया", सर्वोत्कृष्ट तामाङ एकल गायक (पुरुष) जीवन बोम्जन तामाङ - "खैलाला म्हेन्दो", सर्वोत्कृष्ट र्यापर कार्की जी (सुवास कार्की) - "कट्टा हानिदिन्छु", सर्वोत्कृष्ट बाल गायक मन्जली तामाङ - 'मामा भन्जी", सर्वोत्कृष्ट चलचित्र क्यारेक्टर कलाकार भुइसाल लामा - 'दार्बुङ', सर्वोत्कृष्ट आधुनिक गीत मोडल (पुरुष) (जुरी अवार्ड)- जीबी चिरन - "मेरो सिरम्रान २", सर्वोत्कृष्ट आधुनिक गीत गीतकार गोविन्द भट्ट - "जुनेली", सर्वोत्कृष्ट कोरियोग्राफर सुरेन्द्र राई - चलचित्र गीत "रुकुम माइकोट", सर्वोत्कृष्ट आधुनिक गीत मोडल (पुरुष) युविन ढुङ्गाना - 'साँझको बेलैमा', सर्वोत्कृष्ट आधुनिक गीत डेब्यु मोडल (पुरुष) एलेक्स शर्मा - "मलाई माफ गरिदेउ", सर्वोत्कृष्ट बाल गायिका (जुरी अवार्ड) मेरिना जिम्बा - "तामाङ हुनुमा गर्ब छ", सर्वोत्कृष्ट आधुनिक गीत डेब्यु मोडल (पुरुष) जुरी पुरस्कार रमेश आर.डी - "चोली", सर्वोत्कृष्ट आधुनिक गीत संगीतकार मन बहादुर बिस्वकर्मा - "परेली" सर्वोत्कृष्ट पर्व गीत संयोजक राकेश सोनि - "आउथ्यो दशै", सर्वोत्कृष्ट आधुनिक गीत संगीत संयोजक (जुरी अवार्ड) सुजन भट्टराई - "टुकी फूल" सर्वोत्कृष्ट आधुनिक गीत संगीत संयोजक (पब्लिक चोइस अवार्ड) कर्साङ लामा - "जुन हौ तिमी", सर्वोत्कृष्ट आधुनिक गीत गायिका (बेस्ट अवार्ड) सुमी पराजुली - "माया गर्ने तरिका", सर्वोत्कृष्ट आधुनिक गीत गायिका (ज्युरी पुरस्कार) एलिजा सिवाकोटी - "तिमी बस्छौ मेरो मुटुमा", सर्वोत्कृष्ट आधुनिक गीत गायिका (पब्लिक चोइस अवार्ड) पुजन काफ्ले - "मेरो सास्को आवाज" सर्वोत्कृष्ट आधुनिक गीत डेब्यु गायिका सबिता जैगडी - "तस्बिर नछुनु", सर्वोत्कृष्ट आधुनिक गीत डेब्यु गायिका (जुरी अवार्ड) निशा घिमिरे - "दाजु बहिनीको माया" सर्वोत्कृष्ट आधुनिक गीत गायक (पुरुष) बेस्ट अवार्ड थुब्देन जी. दोर्जी - "चिहान", सर्वोत्कृष्ट आधुनिक गीत गायक (पुरुष) जुरी अवार्ड, सुजन सिवाकोटी - "भुक्के चप्पल" सर्वोत्कृष्ट तामाङ सेलो गीत संयोजक कुन्साङ दोर्जे लोप्चन - "जाउ मैच्याङ, सर्वोत्कृष्ट नेपाली गीत संयोजक पुष्कर खत्री - "सउरै लागि, सर्वोत्कृष्ट लोकदोहोरी गायिका (महिला) आशा लामा 'ज्ञानमाला' - "माछी फुर्लुङमा", सर्वोत्कृष्ट लोकदोहोरी गायिका (महिला) जुरी अवार्ड बिन्दु बी.सी. - "मैना सिटौँला, सर्वोत्कृष्ट लोकदोहोरी मोडल (महिला) शर्मिला डाँगी - "बर्खा लाग्यो", सर्वोत्कृष्ट तामाङ चलचित्र सहयोगी अभिनेत्री मनिका सिङ्तान - ए ङला ह्राङबा माया", सर्वोत्कृष्ट लोक पप गीतकार अशोक विष्ट - "नं. १ कालो चस्मा", सर्वोत्कृष्ट आधुनिक गीत डेब्यु मोडल (महिला) सञ्जिता खतिवडा - "माया लैसक्यो २", सर्वोत्कृष्ट राष्ट्रिय गीत मोडल (पुरुष) दिपेश एस.के. - "काँधमा छ राइफल", सर्वोत्कृष्ट राष्ट्रिय गीत मोडल (महिला) रञ्जिता तामाङ - "हाम्रो रूबी भ्याली", सर्वोत्कृष्ट तामाङ सेलो डेब्यु मोडल (महिला), मनिशा तामाङ - "टक टक ले ह्रप्पा", सर्वोत्कृष्ट तामाङ सेलो डेब्यु मोडल (प्रोत्साहन अवार्ड) हरिलाल तामाङ - "कालो चस्मा", सर्वोत्कृष्ट तामाङ सेलो संगीतकार प्रताप सिंह जिम्बा - "चुइगाम फोबरी", सर्वोत्कृष्ट तामाङ सेलो मोडल (पुरुष)पाल्देन लामा - "टक टक ले ह्रप्पा", सर्वोत्कृष्ट तामाङ सेलो मोडल (पुरुष) जुरी अवार्ड हिरा बहादुर मोक्तान - "एनसेल एनटिसी २", सर्वोत्कृष्ट तामाङ सेलो मौलिक गीत मोडल (पुरुष) प्रितम वाइबा - "देब्केले फोन नम्बर", सर्वोत्कृष्ट तामाङ सेलो मौलिक गीत मोडल (महिला) छ्योइसाङ डोल्मा लामा - "देब्केले फोन नम्बर", सर्वोत्कृष्ट तामाङ सेलो गायक (पुरुष) सञ्जीव घिसिङ - "स्याङ्तान ला चर्चा", सर्वोत्कृष्ट तामाङ सेलो गायक (पुरुष) जुरी पुरस्कार कोशिश थोकर - "राजा रानी", सर्वोत्कृष्ट तामाङ सेलो डेब्यु गायिका काजल तामाङ - "फुल त फुल्यो केसरी", सर्वोत्कृष्ट तामाङ सेलो डेब्यु गायिका (पब्लिक चोइस अवार्ड) इन्द्रेनी लोप्चान - "मै प्यारी छोरी", सर्वोत्कृष्ट तामाङ सेलो डेब्यु गायिका (जुरी अवार्ड), सुस्मिता कटवाल - "चौतारीमा कुरी बस", सर्वोत्कृष्ट तामाङ सेलो डेब्यु मोडल (महिला) बेस्ट अवार्ड सिर्जना घिसिङ - "चुइगाम फोबरी", सर्वोत्कृष्ट तामाङ सेलो डेब्यु मोडल (महिला) जुरी अवार्ड म्हेन्दो घिसिङ - "स्याङ्तान ला चर्चा", सर्वोत्कृष्ट तामाङ सेलो डेब्यु मोडल (पुरुष) दोर्जे लामा - "तिमी लास्टै ब्युटी", सर्वोत्कृष्ट तामाङ सेलो डेब्यु मोडल (पुरुष) जुरी अवार्ड विजय तामाङ - "राजा रानी", सर्वोत्कृष्ट तामाङ सेलो मौलिक गीतकार दोर्जे मोक्तान तामाङ - "तामाङ्को दस्तुर", सर्वोत्कृष्ट तामाङ सेलो गीतकार मङ्गले तामाङ - "भेट हुदा बिहे पार्टिमा, सर्वोत्कृष्ट लोकदोहोरी मोडल (पुरुष) मनिष तामाङ - 'पछ्यौरीको छेउ", सर्वोत्कृष्ट सिनेमेटोग्राफर प्रेम लामा - "बनको खनायो", सर्वोत्कृष्ट खान्दोके सेलो गायक (पुरुष) मिलन योञ्जन - "मेरो माइली", सर्वोत्कृष्ट लोकदोहोरी डेब्यु गायिका प्रेमा शेर्पा - "रातो सरिमा", सर्वोत्कृष्ट संगीत भिडियो सम्पादक मेघ बहादुर थापा - गीत "ङामी ब्रेजी", सर्वोत्कृष्ट आधुनिक गीत भिडियो निर्देशक विराज बस्कोटा - "नदी को किनार", सर्वोत्कृष्ट संगीत भिडियो निर्देशक केशव कोइराला - "पग्ली बग्ने", सर्वोत्कृष्ट तामाङ चलचित्र डेब्यु अभिनेत्री तारा थोकर - 'ए ङला ह्राङ्बा माया", सर्वोत्कृष्ट वेबसिरिज आर.के. गोम्बा - "नारी" सर्वोत्कृष्ट वेबसिरिज निर्देशक टेकेन्द्र कार्की - "टुना मुना", सर्वोत्कृष्ट वेबसिरिज कलाकार पवन खतिवडा "बाबा" त्याग, सर्वोत्कृष्ट रेकर्डिस्ट किरण सिंह थापा - "लुकाउने थाउँ छैन", सर्वोत्कृष्ट लोकदोहोरी डेब्यु मोडल (पुरुष) सपन घतानी - "तिमीलाई मात्रै यो आँखाले", सर्वोत्कृष्ट तामाङ सेलो डेब्यु गायक (पुरुष) सागर बोम्जन तामाङ - "ङामी चट्ट जेब", सर्वोत्कृष्ट तामाङ सेलो मौलिक गीत गायक (पुरुष) लोक बहादुर तामाङ - "तामाङ्को दस्तुर", सर्वोत्कृष्ट तामाङ चलचित्र अभिनेता हुत्त बहादुर तामाङ - "दार्बुङ" सर्वोत्कृष्ट म्हेन्दोमाया मोडल (महिला) बिमला तामाङ - "रूबी भ्याली नम्सा" सर्वोत्कृष्ट म्हेन्दोमाया मोडल (पुरुष) रमेश तामाङ - "रूबी भ्याली नम्सा", सर्वोत्कृष्ट राष्ट्रिय गीत संगीत भिडियो निर्देशक रोशन फ्यूबा तामाङ - "हाम्रो रूबी भ्याली", सर्वोत्कृष्ट हिमालयन मेलोडी मोडल (पुरुष) सोनाम तामाङ - "उकाली झर्दा", सर्वोत्कृष्ट हिमालयन मेलोडी गायक कुंजाङ शेर्पा - "उकाली जाँदा सर्वोत्कृष्ट नृत्य गीत संयोजक जीवन बडु - "नं. १ कालो चस्मा", सर्वोत्कृष्ट तामाङ सेलो गायिका (महिला) कमला डोङ - "हेर्दैमा राम्री", सर्वोत्कृष्ट अडियो मिक्सिङ वाङ्च्यु फ्यूबा तामाङ - "मायाको घर", सर्वोत्कृष्ट दशैं गीत गायक कृष्ण राज भण्डारी - "दशैं यसपाली" बाट अवार्ड प्राप्त गरेका छन ।
कार्यक्रममा त्रिशक्ती डान्स ग्रूपका कलाकार, मोडल म्हेन्दो घिसिङ र सिर्जना घिसिङले नृत्य प्रस्तुत गरेका थिए भने गायक कृष्ण राज भण्डारीले आफ्नो गीत प्रस्तुत गरेका थिए । कार्यक्रमको निर्णयक मनोज डंगोल, सिवन पोखरेल र मिन सागर लामा रहेका थिए । कार्यक्रममा सभापतित्व बिरिसु मिडिया प्रालिका अध्यक्ष विवेक लोप्चनले गरेका थिए । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी कर्म लामा लोले गरेका थिए । कार्यक्रममा कलाकार, पत्रकार एंव विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिती रहेको थियो ।