नायक प्रदीप खड्काको मुख्य भूमिका रहेको चलचित्र प्रकाश भिडियोपसल एपमा रिलिज भएको छ । सामाजिक यथार्थमा आधारित प्रकाशमा गरेको अभिनयलाई लिएर नायक प्रदीपको चौतर्फी तारिफ भएको थियो । चलचित्र हेरेका अधिकांश दर्शकले चलचित्रको कथावस्तु, सन्देश र कलाकारलाई पनि मन पराएका थिए ।
कर्णालीको रहनसहन र जीवनशैलीलाई लिएर तयार पारिएको चलचित्रमा जनयुद्धमा बेपत्ता पारिएको बाबुको परिवारमा छोराले शिक्षक बन्न गरेको सङ्घर्षको कथा देखाइएको छ । चलचित्रमा प्रदीप खड्का, दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाही लगायतका कलाकारको अभिनय रहेको छ।
बिनिस इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रमा राजेश श्रेष्ठको छायाङ्कन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको सङ्गीत, उत्तम न्यौपानेको साउन्ड डिजाइन र शैलेश श्रेष्ठको पार्श्व सङ्गीत रहेको छ ।
सबै स्मार्ट डिभाइसमा भिडियोपसल एप डाउनलोड गरी साथै वेभसाइट www.videopasal.com मा पनि चलचित्र हेर्न सकिन्छ । भिडियो पसलमा २.९९ डलर देखी ५.९९ डलरसम्म विभिन्न प्याकेज लिई द्धप् गुणस्तरमा पनि चलचित्र हेर्न सकिन्छ । उपलब्ध चलचित्रहरू विदेशबाट एप्पल पे, गुगल पे, मेपल, डेबिट(क्रेडिट कार्डबाट पैसा तिरेर हेर्ने व्यवस्था गरिएको छ ।