काठमाडौंमा आयोजना गरेको एसईई परीक्षा दिएका विद्यार्थीहरुको मोडलिङ प्रतियोगिता ‘एस अफ एसईई’ को उपाधि सक्षम जंग थापा तथा आरोही अधिकारीले जितेका छन् ।
क्याप्चर फोटोग्राफी नेपालले बिहीवार साँझ उपाधि विजेता आरोही अधिकारीले यो उपाधिसंगै मिस टीन ईन्टरनेशनलमा नेपालको प्रतिधित्वि गर्ने अवसर समेत पाएकी छिन् ।
१७ जना छात्रा तथा ११ जना छात्रहरुले सहभागिता जनाएको यो प्रतियोगितामा विजयी भएका आरोही तथा सक्षमले आयोजक क्याप्चर फोटोग्राफी नेपालको तर्फबाट नगद ५० हजार रुपैयाँको साथमा आकर्षक क्राउन तथा प्रमाणपत्र प्राप्त गरेका छन् । यसका साथै उनहरुले हिमालय कलेजको तर्फबाट प्लस टुमा शत प्रतिशत छात्रवृत्तिसमेत प्राप्त गरेका छन् । दुबै विजेतालाई डिजाइनर सोनम सुब्बाले १ लाख २० हजार रुपैयाँ बराबरको डिजाइनर वेयर बनाउने मौका प्राप्त गरेका छन् भने आईटिसीबाट निशुल्क मेकअप प्रशिक्षण तथा नेपाल एयरहोस्टेस एकेडेमीबाट छात्रवृत्ति प्राप्त गरेका छन् ।
प्रतियोगितामा दिलाशा अधिकारी तथा रचित श्रेष्ठले फस्र्ट रनर्सअपको साथमा नगद पुरस्कार, क्राउनसहित अन्य विभिन्न पुरस्कारहरु जितेका छन् । प्रतियोगितामा आरजु कार्की तथा अमूल्य भण्डारीले सेकेण्ड रनर्सअपको उपाधि जित्न सफल भए । प्रतियागिता रिया दर्नाल तथा अभिन्न श्रेष्ठले अर्गनाइजर्स च्वाइस अवार्ड जित्न सफल भए ।
प्रतियोगितामा प्रणव लामिछाने तथा आरोही अधिकारीले एस पब्लिक च्वाइ अवार्ड जित्न सफल भए । यो अवार्डसहित उनीहरुले विभिन्न उपहारहरु प्राप्त गरे ।
प्रतियोगिताका अन्य शीर्षक उपाधिहरुमा रचित श्रेष्ठले एस डिसिप्लिन, सन्दिप तामाङले एस एक्टिभ, आरोही अधिकारी तथा अमूल्य भण्डारीले पर्सनालिटी, आरोही अधिकारीले फ्रेण्ड्ली, यूवराज पाण्डेले एस पङ्चुअल, सुजय दाहालले एस स्किन, सोना पाण्डेले एस स्माइल, सक्षम जंग थापाले एस फिजिक्स, रिया दर्नालले एस फिगर, बास्ना थापा तथा अभिन्न श्रेष्ठले एस फोटोजेनिक, प्रनिता मादेन लिम्बुले एस स्टाइलिष्ट, रचित श्रेष्ठ तथा दिलाशा अधिकारीले एज वाक, आरोही अधिकारी तथा अभिन्न श्रेष्ठले एस पपुलर, यूवराज पाण्डे तथा प्राश्ना दर्नालले एस ट्यालेन्ट तथा समिक्षा कार्कीले फोटो कन्टेस्ट विनरको उपाधि प्राप्त गर्न सफल भए ।
प्रतिस्पर्धिहरुलाई रोहन श्रेष्ठले कोरियोग्राफी गरेका थिए । हिमालय कलेजको सहकार्यमा आयोजना गरिएको प्रतियोगितालाई एसईई विद्यार्थीहरुको मोडलिङ प्रतियोगिताको रुपमा सञ्चालन गरिएको थियो ।
पविन्द्र श्रेष्ठको इभेन्ट निर्देशन तथा अभिनेता गौरव पहारीको प्रमुख आतिथ्यतामा सम्पन्न प्रतियोगिताको निर्णायकमा फेसन डिजाइनर सोनाम सुब्बा लिम्बु, मिस नेपाल २००० उषा खड्गी, मिस्टर नेपाल २०२३ रनर्सअप कृषल श्रेष्ठ, वरिष्ठ व्यूटिसियन रुष्का श्रेष्ठ, हिमाल कलेजका सिईओ नरेन्द्र अधिकारी तथा मिस इको इन्टरनेशनल नेपाल २०२३ रक्षा उप्रेती थिए ।