नेपालमै पहिलो पटक आयोजना गरिएको तीन दिने ‘नेपाल फेसन फेस्टिभल’ सफलतापूर्वक सम्पन्न भएको छ । ‘दिगो फेसन, सौन्दर्य, जीवनशैली तथा कलाका लागि युवा र महिलाहरूलाई सशक्तिकरण गर्दै’ भन्ने नाराका साथ फेसन नेटवर्क नेपालले गत जेठ ११ गतेदेखि १३ गतेसम्म अर्थात गत शुक्रवारदेखि आइतवारसम्म ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा यो भव्य फेसन फेस्टिभलको आयोजना गरेको हो ।
शुक्रवारदेखि आइतवारसम्म बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म फेस्टिभलस्टलमा अवलोकन गर्नेहरुको घुईँचो देखिन्थ्यो । पहिलो दिन शुक्रवार करिव दुई हजार जनाले अवलोकन गरेको फेस्टिभलमा शनिवार तथा आइतवार भने करिव तीन–तीन हजारको संख्या अवलोनकर्ताहरु फेस्टिभलस्थलमा पुगेका थिए ।
फेस्टिभलमा स्टलहरुमार्फत विभिन्न सामग्री विक्रीका लागि मात्र राखिएका थिएनन्, फेसन, सौन्दर्य, जीवनशैली, फोटोग्राफी आदि विषयमा गरिएको प्लानस डिसकसन, छलफल, अन्तरक्रिया तथा कार्यशालामा पनि उल्लेख्य सहभागिता रहेको थियो ।
फेस्टिभलको पहिलो दिन ‘द आर्ट अफ इन्फ्ल्यूएन्सः हाउ मेकअप ट्रान्सफर्म योर सोसल मेडिया गेम’, दोस्रो दिन ‘फेसन बिजनेस एसेन्सियल्सः मार्केटिङ, ब्राण्डिङ एण्ड रिटेल स्ट्राटेजिज’, फेसन स्टाइलिङः क्राफ्टिङ यूनिक लूक्स फर एडिटोरियल, रनवे एण्ड एभ्रीडे वेयर’ तथा तेस्रो दिन फेसन राइटिङ एण्ड क्रिटिसिज्मः क्राप्टिङ, कम्पेलिङ फेसन न्यारेटिभ्स’ विषयमा मास्टर क्लास तथा वर्कशप सञ्चालन गरिएको थियो ।
त्यस्तै फोटो टक सेसनमा गौतम धिमाल, राजभाइ सुवाल, राजु भण्डारी, सुसन श्रेष्ठ तथा प्रवण जोशी सहभागि भए ।
प्यानल डिस्कसन सेसनमा भने पहिलो दिन ‘सस्टेनेवल फेसनः प्रोमोटिङ सस्टेनेबल बिजनेस प्राक्टिस’ विषयमा छलफल चलाइयो । यो सेसनमा हौसला थापा, प्रज्ञान चित्रकार तथा प्रिया सिग्देलले वक्ताको रुपमा आफ्ना धारणा राखे । पहिल दिन नै ‘द आर्ट एण्ड साइन्स अफ मेकअप’स् एक्सप्लोरिङ क्रिएटिभिटी एण्ड इनोभेसन इन कस्मेटिक्स’ विषयमा छलफल गरियो, जसमा रुष्का श्रेष्ठ तथा सुकान्ता सरकार वक्ताको रुपमा सहभागि भए ।
दोस्रो दिन ‘डाइभर्सिटी एण्ड इन्क्लूजन इन द फेसन इन्ड्रष्ट्रिजः रिप्रजेन्टेशन म्याटर्स’ विषयमा छलफल चलाइयो भने तेस्रो दिन ब्रिजिङ द ग्याप बिटविन एकेडेमिक एण्ड इन्डष्ट्रिज डिमाण्डस’ विषयमा छलफल गरियो । यो सेसनमा शैलजा अधिकारी, शेखर राज कसजु तथा मुक्ता श्रेष्ठ सहभागि भए ।
डिजाइनर रनेवेमा नमूना फेसन कलेज, आईआईएफटी स्कूल अफ फेसन एण्ड इन्टेरियर डिजाइनदेखि इन्टा अटायर, हेमास बुटिक, जूजू, रेजभोल कस्टेटिक्स, जेबिजी बीस्पोक, हेमाज बुटिक, इन्ता अटाएर, लोगो फेसन, नमूना कलेज अफ फेसन टेक्नोलोजी, आईआईएफटी स्कूल अफ फेसन एण्ड इन्टेरियर, मेकअप दरबार, राष्ट्रिय पोशाक घर, सबाह नेपाल, पञ्चमणि ज्वेलर्स, जुजु÷करुणा आदि संस्थाले तयार पारेका पहिरनहरु विभिन्न मोडलहरुले प्रदर्शन गरेका थिए ।
फेस्टिभलको क्रममा धिमाल फाउण्डेसनले फोटो प्रदर्शनी, फोटो टक, क्वियेर इन फेसन जस्ता सेग्मेन्टहरु सञ्चालन गरेको थियो । फाउण्डेसनका संस्थापक गौतम धिमालका अनुसार फोटोटकमा उनी स्वयंले आफ्नो फोटोग्राफीका अनुभवहरु शेयर गरेका थिए भने वरिष्ठ फोटोग्राफरहरु राजभाइ सुवाल, राजु भण्डारीले समेत आफ्ना फोटोग्राफी अनुभवहरु साटासाट गरेका थिए । धिमाल फाउण्डेसनकै तर्फबाट आठ जना मोडलहरुले हरेक दिन करिव एक घण्टासम्म क्वियर इन फेसन सेग्मेन्ट अन्तर्गत विभिन्न प्रतिभाहरु प्रस्तुत गरेका थिए ।
फेस्टिभलमा पञ्च एण्ड सन्स ज्वेलरी, परि कस्मेटिक्स, रिजभल कस्मेटिक्स, नमूना कलेज अफ फेसन टेक्नोलोजी , आईआईएफटी स्कूल अफ फेसन एण्ड इन्टेरियर डिजाइन, पिके मार्केटिङ , इन्टा अटायर, आवरण स्किन क्लिनिक, बप्दावा द आर्ट अफ फेसन, टारी मटियाना, हेल्दी च्वाइस, प्रमानी फेसन हाउस, स्विफ्ट टेक्नोलोजीज, राष्ट्रिय पोशाक घर, श्रीकेश हेयर ओयल, एलआईएम कलेज एएलसीका स्टलहरु राखिएका छन् ।
त्यस्तै गुर्खा वाच, अमृता क्राफ्ट, ज्वाला राज डिजाइन, फ्लाबियाज भिजन, बहुबेटी फेब्रिक सेन्टर, लोगोज, जुजु, मेकअप दरबार, सुट स्टुडियो, लाली, पस्मिना नेपाल, लक्ष्मी उड क्राफ्ट, काया कलेक्सन, अर्को नेपाल, याभी, डिभाइन जेवेल्स, अरोमा एनपिए, अस्तित्व नेपाल, साबाह नेपाल, बिआइए फाउण्डेसनले पनि फेस्टिभलमा स्टल राखिएका थिए ।
महोत्सवमा ममिता मिराकल्स एण्ड माया इन द एयर, द जेमिनी इन्टरनेशनल, वोसा द क्लोदिङ स्टोर, चिनारी महिला साझेदारी अल्लो उद्योग समुह, काठमाडौं फेब्रिक्स, चियाङ माइ, अंकित फेब्रिक्स, जानिचि कस्मेटिक्स, शमा पस्मिना, न्यू मीउ, केश यूनिसेक्स सलून, डिन्सि कलेक्सन, आईटिसी स्कूल अफ ब्यूटिसियन, फेडेरेसन अफ ह्याण्डी क्राफ्ट एसोसिएसन्स अफ नेपाल ९एफएचएएन०, जेबिजी बेसपोक, काइशाज कलेक्सनले पनि स्टल सजाएका थिए ।
उक्त फेसन शोमा क्याटवाक गर्दै नेपालका स्थापित डिजाइनरहरुले तयार पारेका पहिरनहरु प्रदर्शन गर्नका लागि झण्डै केही दर्जन नयाँ मोडलहरुलाई आयोजक संस्थाले पहिलो पटक र्याम्पमा प्रस्तुत गर्दैछ । उक्त फेसन शोमा सहभागिता जनाउनका लागि गत वैशाख १५ गते शनिवार गरिएको अडिसनबाट मोडलहरु छनौट भैसकेको छ ।