१३औं ‘लिटिल प्रिन्स एण्ड प्रिन्सेस इन्टरनेशनल २०२४’मा नमन उप्रेती, अभिमान दाहाल, डिजाश्री थापा र रायना बुढाथोकी शिर्ष विजेता घोषित भएका छन् । जमलस्थित राष्ट्रिय नाचघरमा शनिबार अबेरसाँझ सम्पन्न प्रतियोगितामा जुनियर ब्वाईज, जुनियर गर्ल, सिनियर ब्वाईज र सिनियर गर्ल गरेर एकसाथ यी ४ विजेता छानिएको हो ।
प्रतियोगीतामा नमनले जुनियर ब्वाइज, अभिमानले सिनियर ब्वाइज, डिजाश्रीले जुनियर गर्ल र रायनाले सिनियर गर्लको उपाधि चुमेका हुन् । भब्य समारोह सहित पृथक लाइट, साउन्ड र स्टेज सहित आयोजित प्रतियोगीतामा जुनियर ब्वाइजतर्फ सार्थक बस्नेत फष्ट रनरअप, अद्विक श्रेष्ठ सेकेन्ड रनरअप, प्रत्युस बास्कोटा थर्ड रनरअप हुँदा सिनियर ब्वाइजतर्फ आरभ गौतम फष्ट रनरअप, सौगात घिसिङ सेकेन्ड रनरअप र कृतज्ञ डंगोल थर्ड रनरअप भए ।
त्यस्तै जुनियर गर्लतर्फ चाँदश्री पाण्डे फष्ट रनरअप, प्रविष्टी सपुत सेकेन्ड रनरअप र सुशाशिका घर्तिमगर थर्ड रनरअप बन्दा सिनियर गर्लतर्फ श्रेयानी पाठक फष्ट रनरअप, पौरवी बिष्ट सेकेन्ड रनरअप र सौर्य पाण्डे थर्ड रनरअप छानिए ।
प्रवेशमान शाक्य ( गायक), सम्पुर्ण देवापाटे (सिनियर एकेडेमिक म्यानेजर जेभियर इन्टरनेशनल कलेज), ईश्वर हमाल (कोअडिनेटर) ज्ञानोदय बालबाटिका स्कुल), आशिष थापा ( निर्देशक आरए इभेन्ट म्यानेजमेन्ट कम्पनी), महेश्वरी अमात्य (संस्थापक अध्यक्ष लाइफ स्कुल), अनामिका कार्की ( स्कुल प्रोग्राम म्यानेजर काठमाडौं युरो आईबी वल्र्ड स्कुल), निशा थापा (फाउन्डर प्रिन्सिपल युरो किड्स इमाडोल), नीलिमा मास्के श्रेष्ठ ( फाउन्डर प्रिन्सिपल ब्युटिफुल माइन्डस् प्रि स्कुल)लगायत निर्णायक प्रतियोगीतामा रहेका थिए ।
७ वर्षदेखि १३ वर्षसम्मका विद्यालय अध्ययनरत बालबालिकाको सहभागिता रहेको प्रतियोगीको कोरियोग्राफी अन्तर्राष्ट्रिय फेसन कोच राज फैजु आफैंले गरेका थिए भने ड्रेस डिजाइन श्रीषा बैदारले गरेकी थिइन् । विजेता सबैले उपाधिको साथमा अन्तराष्ट्रिय प्रतियोगीतामा सहभागी अवसर प्राप्त गरेका छन् । कार्यक्रममा बरिष्ठ गायक प्रवेशमान शाक्यले गीतको प्रस्तुति मार्फत सांगीतिक मनोरञ्जन दिलाएका थिए ।