असारको ७ गतेदेखि ८ गतेसम्म १२ औँ ‘नेपाल अफ्रिका फिल्म फेस्टिभल–२०२४’ आयोजना हुने भएको छ । तीन दिन चल्ने फेष्टिभलमा दर्जन फिल्म प्रदर्शन हुनेछ ।
महोत्सवका लागि यसपटक १५ भन्दा बढी अफ्रिकी मुलुकका चार दर्जन भन्दा बढी अफ्रिकन चलचित्र, लघु चलचित्र तथा वृत्तचित्र समावेश छन् । यी मध्य बढीमा एक दर्जन अफ्रिकी चलचित्रलाई समावेश गराइने छ । महोत्सवमा प्राप्त अफ्रिकन चलचित्रहरूलाई अहिले निर्णायकको टिमले हेरिरहेको छ ।
कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेसन र विलक्षण क्रियसनको आयोजना तथा चलचित्र विकास बोर्डको सहआयोजना रहेको महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजक कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेसनकी प्रिन्सिपल डा.मञ्जु मिश्रले जानकारी दिइन् ।
महोत्सवमा लागि विभिन्न नेपाली चलचित्र, लघु चलचित्र, वृत्तचित्र, आदिवासी चलचित्र र विद्यार्थी चलचित्रहरू प्रदर्शन गरिनेछ । महोत्सवका लागि नेपालका चलचित्र, लघु चलचित्र, वृत्तचित्र, आदिवासी चलचित्र र विद्यार्थी चलचित्रहरू समावेश गर्ने अन्तिम मिति यही १५ जेठसम्म राखिएको महोत्सवका निर्देशक डब्बु क्षेत्रीले जानकारी गराए ।
महोत्सवमा चलचित्र प्रदर्शनसँगै विभिन्न विषयमा चलचित्र कार्यशाला, नेपाली चलचित्रको विषयमा अन्तरक्रिया लगायतका विभिन्न कार्यक्रम रहेको छ ।