कोरोना सङ्क्रमणको जोखिमको समयमा हलमा रिलिज भएको नेपाली चलचित्र ‘चपली हाइट ३’ ओटीटी प्लेटफर्म सिनेमाघर एपमा रिलिज भएको छ । मङ्गलवार रिलिज यो चलचित्र विश्वभरबाट सिनेमाघर एपको प्रयोग गरी हेर्न सकिन्छ ।
२०७८ पुष ३० गते हलमा रिलिज भएको र तीन दिनमा नै कोभिड-१९ को महामारीले हलहरू बन्द भएपछि यो चलचित्र दोस्रो पटक फागुन २०७८ मा रिलिज भएको थियो । सो समयमा निकै चर्चामा रहेको यो चलचित्र अब भने सिनेमाघर एप मार्फत सजिलै हेर्न सकिने छ ।
निकेश खड्का निर्देशित यस चलचित्रमा स्वस्तिमा खड्का, अर्पण थापा, महेश त्रिपाठी, लक्ष्मी वर्देवा, आमिर गौतम, प्रतिकमान श्रेष्ठ, दीपाश्री निरौला लगायतको अभिनय छ। सस्पेन्स(थ्रिलर जनरामा बनेको चलचित्रका निर्माता अर्जुन कुमार हुन् । यो चलचित्र चर्चित चलचित्र सिरिज ‘चपली हाइट’को तेस्रो शृङ्खला हो।
सिनेमाघर एप सबै प्रकारका स्मार्ट डिभाइसमा एप उपलब्ध रहेका छन् । एपमा उपलब्ध चलचित्रहरू नेपालका प्रायः डिजिटल वालेट र विदेशबाट गुगल पे, पेपल, डेबिट(क्रेडिट कार्डबाट पैसा तिरेर हेर्न सकिन्छ साथै, गुगल प्लेबाट सिधा पेमेन्ट गर्न सकिन्छ ।
‘चपली हाइट ३’ हेर्न रु. २०० रकम तिर्नुपर्ने हुन्छ । यस एपमा व्यवस्था रहेको सिनेक्वाइन प्रयोग गरेर निःशुल्क रूपमा समेत चलचित्रहरू हेर्न सकिन्छ ।