आगामी जेठ १० गते प्रदर्शनमा आउन लागेको फिल्म ‘पुजार सार्की’को मंगलबार ट्रेलर रिलिज गरिएको थियो । दिनेश राउतको निर्देशनमा बनेको फिल्मको युट्युबमा सार्वजनिक भएको दुई दिनमा ट्रेलरलाई १० लाख ३७ हजारभन्दा बढीले हेरिसकेका छन् । फिल्मले गरे छ ।
जातीयताको कथालाई उठान गरिएको फिल्मको ट्रेलर सार्वजनिक भएसँगै फिल्मभित्र स्टार नायकहरूको भूमिकालाई लिएर चर्चा हुन थालेको छ ।
अभिनेता पल शाहले नेपाली चलचित्र ‘पुजार सार्की’मा अन्य कलाकारहरू जस्तै आफ्नो पनि महत्त्वपूर्ण भुमिका रहेको बताएका छन् । सोसल मिडिया फेसबुकबाट आफ्ना प्रशंसकलाई सम्बोधन गर्दै शाहले निर्देशकको दृष्टिकोणबाट आफुलाई सृजनशील तवरले ट्रेलरमा देखाइएको जनाएका छन् ।
उनले लेखेका छन्, “निर्देशकको आफ्नो दृष्टिकोणबाट ट्रेलरमा मलाई जति देखाउनु भएको छ, त्यो निकै सृजनशील र कौतुहलता जगाइराख्ने प्रकृतिको छ । चलचित्रमा मेरो भूमिकाबारे चासो राख्नुहुने सबैमा जेठ १० गतेदेखि नेपालभरका दर्शकहरूलाई चलचित्र हलमा चुले निम्तो दिन चाहन्छु। हामी हलमै भेटौँला है ।”
आफूसहित सहकर्मी अभिनेताहरू आर्यन सिग्देल र प्रदीप खड्काको एक तस्बिर शेयर गरी प्रशंसकलाई सम्बोधन गर्ने क्रममा उनले लेखेका छन्, “मेरा प्रशंसकहरूबाट पाइरहेको प्रतिक्रिया र गुनासाहरू मैले हेरिरहेको छु। यो सबैको लागि म धन्यवाद व्यक्त गर्न चाहन्छु । ‘पुजार सार्की’मा मेरो छोटो भूमिका रहेको भन्ने फ्यानहरूको गुनासोबारे म यो प्रस्ट पार्न चाहन्छु कि यो चलचित्रमा मेरो स्क्रिन टाइम केही मात्रामा थोरै होला तर अन्य कलाकारहरूको जस्तै महत्त्वपूर्ण भूमिका भने रहेको छ।”
जेठ १० गते रिलिज हुने दिनेश राउतले निर्देशन गरेको यो चलचित्रमा पलसँगै आर्यन सिग्देल, प्रदीप खड्का, अञ्जना बराइली, परीक्षा लिम्बु लगायतको अभिनय रहेको छ यसका लेखक विकास सुबेदी हुन् भने सुवास भुसालले निर्माण गरेका हुन् ।