विश्वभरबाट २६ करोड ६५ लाख रुपैयाँको ग्रस कलेक्सन गर्दै फिल्म ‘महाजात्रा’ प्रदर्शनको पाचौँ सातामा प्रवेश गरेको छ । नेपालमा फिल्मले चौथो सातासम्म १५ करोड ९० लाख र अन्तर्राष्ट्रियबजारमा १० करोड ७५ लाख रुपैयाँको व्यापार गरेको छ ।
नेपालमा षट्कोण आर्ट्सबाट निर्मित अघिल्ला फिल्मको रेकर्ड तोडेको फिल्म‘महाजात्रा’अन्तर्राष्ट्रियबजारमा सर्वाधिककमाइ गर्ने नेपालीफिल्म बनेको छ । अन्तर्राष्ट्रियबजारमाबलियो बनाउनुका साथै फिल्मको माध्यमबाट नेपालीकला, संस्कृति र भाषाको प्रवद्र्धनमा सहयोगीभूमिकानिर्वाह गर्न पाउँदाआफूसहित सम्पूणर् टिम हर्षित रहेको निर्माताम्याक्स दीपेश खत्रीले बताए ।
अन्तर्राष्ट्रिय वितरक कम्पनिएमएसएम इन्टरटेन्मेन्टले उपलब्ध गराएको तथ्याङ्कअनुसार नेपालपछिको दोस्रो ठुलो मार्केट मानिने अष्ट्रेलियामा ९० बढी शो, संयुक्तराज अमेरिकामा ६५ बढी शो, न्युजिल्यान्डमा १४ शो, युरोप अन्तर्गतका देशमा ५० शो, क्यानडामा १२ शो, जापानमा १५ शो र दक्षिण कोरियामा १२ शो भईसकेको छ । यस्तै, अष्टेलियाको सिड्नीमा अत्यधिक प्रदर्शन हुने नेपाली फिल्म ‘महाजात्रा’ बनेको छ । अप्रिल २१ सम्मको यसको कुल ३३ शो सेड्युलगरिएको छ ।
प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा हरिवंशआचार्य, वर्षा राउत, दिव्य देव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ । म्याक्स दीपेशखत्री र यज्ञश्वर पौडेलले संयुक्त रुपमा निर्माण गरेका फिल्मका कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ हुन् ।