फ्राईडे रिलिज अन्तर्गत आज शुक्रबारबाट नयाँ नेपाली फिल्म ‘द रेड सुटकेस’ प्रदर्शनमा आएको छ ।
फिडेल देवकोटा निर्देशित ‘द रेड सुटकेस’ डेढ दर्जन बढी अन्तर्राष्ट्रिय फेस्टिभलमा छानिएर पुरस्कार समेत जित्न सफल फिल्मको बुधबार मंगलबार प्रिमिएर भएको थियो । जसमा फिल्म हेर्ने अधिकांशले एउटा अनौठो र दुर्लभ शैलीको फिल्मको रुपमा ‘द रेट सुटकेस’ लाई प्रिमियरमा चर्चा गरेका थिए ।
फिल्म नेपालका क्युएफएक्स चेनका सिनेमा घरबाहेक बाँकी सबै हलमा प्रदर्शनमा आएको छ । फिल्म काठमाडौँका बिग मूभिज, आईएनआई सिनेमा लोत्सेमल, एफक्युव सिनेमा चावहिल, वान सिनेमा बानेश्वर, रञ्जना सिनेप्लेक्स, बिएसआर मूभिज गोङ्गबु, विश्वज्योति सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्स, सिके सिनेमाज सितापाईला, सिटीम्याक्स सिनेमा, वान सिनेमा कालिमाटी, इन्फिनिटी मूभिज गोङ्गबु, आईएनआई सिनेमा नयाँ बानेश्वर, सि डिसी सिनेमाज सुन्धारा, कमलविनायक सिनेमाज भक्तपुरमा प्रदर्शन भएको बताइन्छ ।
फिल्ममा सौगात मल्ल, विपिन कार्की, प्रवीण खतिवडा, सृष्टि श्रेष्ठ लगायतको मुख्य भूमिका छ । फिल्मको सम्पादन श्रीलङ्कामा समन अलभितिगाले गरेका हुन् भने छायाकार सुसन प्रजापति हुन् । आइसफल प्रोडक्सनका लागि रामकृष्ण पोखरेलले निर्माण गरेको यो फिल्मका अन्य निर्मातामा फिडेल देवकोटा, शोभा थापा र सह–निर्मातामा श्रीलङ्काका विमुक्ति जयसुन्दरा रहेका छन् ।