मध्येनपाल नगरपालिका,लम्जुङका नगर प्रमुख रमेशकुमार पाण्डेले चलचित्र ‘सतीदेवी’ लाई सम्पूर्ण रुपले सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । लक्ष्मण सुवेदी लिखित,निर्मित तथा निर्देशीत ‘सतीदेवी’ को बुधबार दमौलीको क्युएफएक्स सिनेमामा बिशेष प्रदर्शनी गरिएको थियो ।
कार्यक्रममा ‘सतीदेवी’ को तर्फबाट निर्देशक सुवेदीले मेयर पाण्डे, वडा नं ५ का अध्यक्ष ओमवीर गुरुङ,स्थानीय श्री सृजनशील एकता मगर समाज,लाफा गाउँ होमस्टे,कलाकार इभन श्रेष्ठ,क्युएफएक्स दमौलीलगायतलाई आभार पत्र प्रदान गरेका थिए । अधिकांश दृश्य मध्यनेपाल नगरपालीकाका वडा नं ५ लगायत बिभिन्न स्थानमा खिचिएको र छायांकन तथा प्रबद्र्धनमा आफूहरुलाई निकै सहयोग मिलेकाले धन्यबाद स्वरुप शो आयोजना गरिएको निर्देशक सुवेदीले बताए ।
बिशेष प्रदर्शनी समारोहमा मध्यनेपाल नगरपालीका वडा नं ५ का अध्यक्ष ओमवीर गुरुङ,वडा नं ३ का अध्यक्ष केशब न्यौपाने,वडा नं ४ का अध्यक्ष रामबहादुर श्रेष्ठ,वडा नं ७ का अध्यक्ष हिराबहादुर गुरुङ र वडा नं ९ का अध्यक्ष महेशकुमार पाण्डेलगायत जनप्रतिनिधि तथा वडा नं ५ स्थिति लाफा गाउँ होमस्टे,श्री सृजनाशील एकता मगर समाजका प्रतिनिधिहरुका साथमा स्थानीयहरुको बाक्लो उपस्थिति थियो ।
चलचित्र हेरेपछि सतप्रतिशत दर्शकले उत्कृष्ट प्रतिक्रिया दिएका थिए । वडा नं ५ का अध्यक्ष गुरुङले ‘सतीदेवी’ आफूलाई अत्यन्तै राम्रो लागेको बताउँदै यसप्रकारका मौलिक,वास्तवीक स्थिति छर्लङ्ग पार्ने बिषयका चलचित्र अझै धेरै बन्नुपर्ने धारणा राखे ।
दिलासा कृएसनले गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियासँगको सहकार्यमा निर्माण गरेको चलचित्र पछिल्लो समय निकै चर्चामा छ । दिलासा,सारा र श्रीदेवी सुवेदी निर्माता रहेको चलचित्रमा मलिका महत,हर्षिका वली,मञ्जिला बानियाँ,कुलबहादुर अधिकारी,रमेश बुढाथोकी,सृजना अधिकारी,सन्दिपबाबु लोहनी,सुजीता शिवाकोटी,भोला सापकोटा,मनिषा सापकोटा,सन्देश लिम्बूलगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्रको स्वदेश प्रदर्शन मिति केही समयमै तोकिने जानकारी निर्देशक सुवेदीले दिएका छन् ।
०००