विनोद पौडेलले निर्देशकीय फिल्म ‘भूठान’ द वर्ल्ड ह्यापियस्ट म्यानको छायांकन सकिएको छ । मंगलबार अमेरिकाको ओहियो राज्यमा फिल्म ‘प्याकअप’ गरिएको हो ।
छायांकन सकिएसँगै निर्माण टिमले उपलब्ध गराएको तस्वीरहरुमा हलिउड अभिनेता ब्रुस डर्न र दयाहाङ राईको एकसाथ छायांकन भैरहेको देखिन्छ । दयाहाङ अमेरिकी आर्मीको पोशाकमा छन् ।
फिल्मको कार्यकारी निर्मातामा कौशिला खनाल कर्मचार्य, एलएन अधिकारी, अपार श्रेष्ठ र रमेश भट्ट छन् भने निर्मातामा राजेन्द्र ठकुराठी, अभिताव जोशी र अविरल थापा छन् ।
फिल्ममा हरिवंश आचार्य, पूजा चन्द लामा, रिचा घिमिरे, भुवन प्याकुरुल, अदिति प्याकुरेल, जोयश पाण्डे, विमल सुवेदी, कौशिला खनाल कर्मचार्यका साथै भारतबाट अनुराधा मजुमदारको पनि अभिनय छ ।
फिल्मको निर्माणमा म्याड मंकी फिल्मस्, हलिउडको भ्याकेन्ट लाइट, एभरेष्ट इन्टरटेनमेन्ट, ठकुराठी ब्रोस र नेपालबाट अवेकन प्रोडक्सन जस्ता कम्पनीले सहकार्य गरेका छन् ।
२०२४ को अन्त्यसम्म प्रदर्शनको लक्ष्य राखिएको यो फिल्म सन् २०१९ मा भुसान फिल्म फेस्टिभलको स्कृप्ट पिचिङ्गमा छानिएको थियो । सुसन प्रजापतिले खिचेको फिल्म नेपाली तथा अंग्रेजी भाषामा बनेको छ ।