अमेरीकामा रहेका नेपाली भुटानी साहित्यकार मित्र प्रधानको निर्देशन रहेको चलचित्र “यो मन त मेरो नेपाली हो” को पहिलो चरणको छायांकन सकिएको छ । चलचित्र “यो मन त मेरो नेपाली हो” नेपाल र भारतको छायांकन तीस दिनमा सकिएको हो ।
चलचित्रको बाकी छायांकन अमेरिकामा हुने चलचित्रका निर्देशन मित्र प्रधानले बताउनु भयो । नेपालको झापा ,इलाम साथै भारतको सिकिम ,दार्जीलिङ,जयगाउ पश्चिम् बङ्गाल लगायतको ठाउमा चलचित्रको छायांकन गरिएको थियो ।
चलचित्रमा आयुषा समाल, रोशन श्रेष्ठ, विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’, विजय बराल ,आयुषा समाल, मेग सुवेदी ,नारायण खाती,भुपेन्द्र लिङ्देन,सुबास भन्डारी,बिजय सुब्बा लगायतको मुख्य भुमिका रहनेछ।
शिवम् अधिकारीको लेखनमा निर्माण भएको चलचित्रले विश्वका विभिन्न देशहरुमा बसोबास गर्दै आएका नेपालीहरुले आफ्नो कला, संस्कार, संस्कृति विर्सदै गएको हुदा चलचित्रको माध्यमबाट नेपाली भाषा प्रतिको आकर्षण, महत्व र ईतिहास दर्साउन खोजिएको छ ।
मित्र प्रधानको कथा तथा निर्देशन रहेको चलचित्रमा दिपक शर्माको संगीत ,सौरभ लामाको छायांकन ,देव महर्जन द्वन्द्व ,समिर मियाको भिएफएक्स , ,कविराज गहतराजको कोरियोग्राफी रहने छ । फिल्ममा मुख्य सहायक निर्देशन रामबाबु खड्का ,कला निर्देशन रोशन रम्तेल र निर्माण नियन्त्रक सुमन काफ्लेको रहने छ ।