इटहरीमा फिल्म ‘काँडेतार’को विशेष च्यारिटी शो हुने भएको छ । नेपाल र भारत बिचको बर्षौदेखी उठिरहेको सिमा विवादलाई मुल मुद्धा बनाएर निर्माण भएको यो फिल्म युनिटले इटहरीमा पत्रकार भेटघाट गर्दै विशेष च्यारिटी शो बारे जानकारी गराएको हो ।
मंगलबार इटहरीमा अवस्थित परिकला न्युजको कार्यालयमा फिल्मका तर्फबाट गायिका तथा कार्यकारी निर्माता सत्यकला राई र निर्देशक तथा कलाकर नवल खड्काको उपस्थितिमा पत्रकार भेटघाट कार्यक्रम गरिएको थियो ।
यसअघि उनले यो फिल्मलाई देशभर ६० भन्दा बढी विशेष च्यारिटी शो सम्पन्न गरिसकेका छन् । अधिकांश ठाउँमा फिल्मले सकारात्मक प्रतिक्रिया पाएको उनको भनाई छ ।
आफुले बनाएको यो फिल्म काँडेतार अहिलेसम्म कसैले बनाउन नसकेको फिल्म भएको निर्देशक तथा कलाकार खड्काको दावी छ । यदि कसैले बनाएको दावी गर्न सक्छ भने आफुले सो फिल्मलाई २० लाख दिने ठोकुवा गरे । स्मरण रहोस् यो फिल्म काँडेतारले २०७७ सालमा नेपाल चलचित्र विकस बोर्डले मौलिक फिल्म निर्माणमा प्रोत्सान गर्न ‘स्टोरी बैंक’ स्थापना गरेको थियो । जस अन्तर्गत यो फिल्मले १० लाख पुरस्कार स्वरुप पाएको थियो ।
यो फिल्म काँडेतारमा निर्देशक नवलका अलावा गौरब पहाडी, सुरबिना कार्की, रेबिका गुरूङ्ग, प्रशान्त यादब, मुरलिधर, संजय खतिवडा, रोमियन लिम्बू, केशव रायमाझी, राजेन्द्र भगत, पन्नालाल सिकदार, पर्शुराम चौधरी, महेश गिरी, पुष्प श्रेष्ठ, रितु चौधरी, रबि शाह, ज्ञानेन्द्र कोईराला, प्रेम कार्की लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
शिवम अधिकारी र नवल खड्काको लेखन रहेको फिल्मको निर्मातामा भने माकिको राई र अन्जु केसी रहेकी छन् । यो फिल्म आउँदो फागुनको २५ गते सार्वजनिक प्रदर्शनमा आउँदै छ ।