चलचित्र परदेशी–२ युरोपेली मुलुक माल्टामा प्रर्दशन हुने भएको छ । नोभेम्बर २५ र २६ मा उक्त चलचित्र ग्यालेरिया सिनेमा एफगुरामा प्रर्दशन हुने भएको हो । माल्टास्थित ब्लु हर्ष इन्टरटेन्मेन्टले काठमाडौँस्थित राइज मिडिया नेटवर्कको सहकार्यमा फिल्म प्रर्दशन गर्न लागेको हो । सो–सम्बन्धी बिहिबार सम्झौता गरिएको छ । सम्झौता कार्यक्रममा परदेशी चलचित्रका निर्देशक नारायण रायमाझी, निर्माता राजेश बंशल र राइज मिडियाका तर्फबाट संस्थाकी निर्देशक एवं लोकगायिका सुनिता दुलाल तथा प्रशासन प्रमुख अशोक गुरुङ उपस्थित थिए । तथा प्रशासन प्रमुख अशोक गुरुङ उपस्थित थिए ।
चलचित्रले देशप्रतिको आशा, समाजप्रतिको अपेक्षा, बुवाआमाप्रति छोराछोरीको दायित्व के हो भन्ने कुरालाई जीवन्त ढंगले उजागर गरेको छ । विदेशमा बस्नेहरूले कस्तो जिन्दगी भोगिरहेका छन् । हाम्रो नेपाली समाज, मूल्य, मान्यता, संस्कृति, र देश विकासको जनअपेक्षा समेत चलचित्रले उठान गरेको छ ।
चलचित्रमा प्रकाश सपुत, केकी अधिकारीसँगै वर्षा शिवाकोटी, दिलीप रायमाझी, प्रशान्त तामाङ, नीर शाह, सबिन बास्तोला, रमा थपलिया, देवेन्द्र बब्लु, सुशिल पोख्रेल, रोशनी कार्की लगायतको अभिनय छ । चलचित्रको कथा रमेश बिजीले लेखेका हुन्। चलचित्रमा बीबी अनुरागी र नारायण रायमाझीले संगीत दिएका छन् भने निर्माण राजेश वंशल र निर्देशन नारायण रायमाझीको छ ।