हास्य अभिनेताको छवि बनाएका गायक श्रीकृष्ण लुईँटेल ‘बोकेदारी’ले आफ्नो नयाँ सांगीतिक कोशेली बजारमा ल्याएका छन् । ‘सय रुपीयाँ पोका’ शीर्षकको चेतनामूलक गीतमा कागतीको परिचर्चा गर्दै गीतको अन्त्यमा एउटा चोटिलो सन्देश दिन खोजिएको छ ।
यो गीतमा गायक लुईँटेलकै शब्द तथा संगीत सुन्न सकिन्छ । सुरज श्रेष्ठ यो गीतका संगीत संयोजक हुन् । विराटनगरस्थित बिट्स स्टुडियोमा यो गीत रेकर्ड गरिएको हो । मिस्टर बि3द्वारा सम्पादन गरिएको यो गीतको म्युजिक भिडियो श्री कृष्ण लुँइटेलको यूट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।
बिएस स्टुडियो, इटहरीद्वारा छायांकन गरिएको यो गीतको भिडियोमा श्रीकृष्ण लुईंटेल, छवि बैरागी, पूरन राई, रुप नारायण श्रेष्ठ, कल्पना पाण्डे, संगिता यादव, गीता कोइराला, आनन्द बस्नेत, राजन क्षेत्री, कुशल प्रधान, रबिना प्रधान, निराजन श्रेष्ठ, नवराज खड्का, सञ्जय राई, आनन्द बस्नेत, ज्योतिका भुजेल तथा बाल कलाकार प्रसन्ना पोखरेलले अभिनय गरेका छन् ।