चौथो नेपाल म्युजिक एण्ड फेशन अवार्ड २०८० सम्पन्न भएको छ । विभिन्न ४० विधामा अवार्ड प्रदान गर्दै उक्त कार्यक्रम सम्पन्न भएको हो । विलक्षण क्रियसन प्रा।लि। र स्टारवान इन्टरटेनमेन्ट प्रा।लि।द्वारा काठमाडौंको रसियन कल्चरमा बुधबार आयोजित अवार्ड वितरण समारोहमा कार्यक्रमका प्रमुख अतिथि पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले विभिन्न श्रष्टाहरुलाई सम्मान तथा अवार्ड प्रदान गरे ।
अवार्ड समारोहमा आधुनिक विधातर्फ उत्कृष्ट गायिकाको अवार्ड ‘यो मनको आकाश’ गीतबाट अञ्जु पन्त, गायिकाको जुरी अवार्ड तेजवती जोशी र उत्कृष्ट गायकको अवार्ड ‘नघोच यो छाती’ गीतबाट नारायण थापाले जिते । यस्तै आधुनिक गीतकारको अवार्ड ‘छाती किन पोल्छ’बाट बैकुण्ठ प्रसाद उपाध्याय, यही गीतबाट म्युजिक भिडियो निर्देशकको अवार्ड राजेश थापा र आधुनिक गीत भिडियो महिला मोडलको अवार्ड केकी अधिकारीले हासिल गरे ।
कार्यक्रममा गीतबाट सविता पोखरेल, म्युजिक भिडियो निर्देशकबाट उमेश गुरुङ, ब्युटीसियनबाट लक्ष्मी महर्जन र मेकअप आर्टिष्टबाट टेकराज पाण्डेलाई सम्मानित गरियो ।
आधुनिक गीत गीतकारको जुरी अवार्ड ‘महसुस गर’बाट डा। विनु बाबा अर्याल, आधुनिक गीत पुरुष मोडलको अवार्ड ‘जाले रुमाल’बाट बुद्धि तामाङले हासिल गरे । समारोहमा उत्कृष्ट संगीत संयोजकको अवार्ड ‘हजार जुनी’बाट साहस शाक्य, आधुनिक गीत म्युजिक भिडियो कोरियोग्राफरको अवार्ड ‘ए होर माया’बाट मौसम हिमाली, म्युजिक भिडियो सिनेमाटोग्राफरको अवार्ड ‘बाबा’ गीतबाट रँधिर शाहले हासिल गरे ।
समरोहमा लोक दोहोरीतर्फ काठे लोक दोहोरी गायकको अवार्ड ‘एउटा चिनो’बाट नमराज ढुंगाना, लोक दोहोरी गायकको अवार्ड ‘धोको थिएन’बाट रोशन खत्री, दोहोरी गायिकाको अवार्ड ‘आइपुग्यो बागलुङ बजार’बाट जुना श्रीष मगर, लोक दोहोरी म्युजिक भिडियो मोडल ९पुरुष०को अवार्ड ‘मुटु चस्केर’बाट दीपेन्द्र सोनम, मोडल ९महिला०को अवार्ड ‘पागल मान्छे’बाट अञ्जु निरौला, मोडल ९महिला० जुरी अवार्ड ‘एउटा चिनो’बाट सिम्रन दुलाल र लोक दोहोरी म्युजिक भिडियो निर्देशकको अवार्ड ‘हाइसञ्चो’बाट एकेन्द्र साराशंकरले हासिल गरे ।
यस्तै लोकगीत गायकको अवार्ड ‘मेरी आमा’बाट रमेश परियार, लोक गायिकाको अवार्ड ‘लाहुरे हुँ म’बाट मुना शाह र सर्वोत्कृष्ट देउडा गायिकाको अवार्ड ‘बौजु’बाट झुमा लिम्बूले जिते ।
कार्यक्रममा चलचित्रतर्फ उत्कृष्ट चलचित्र गीत गायिकाको अवार्ड चलचित्र ‘दिलमाया–२’को ‘छुट्छ कि साथ’ गीतबाट सरु गौतम, चलचित्र गीत गायकको अवार्ड चलचित्र ‘रोशनी’को ‘अधुरो छु म तिमी बिना’बाट ओम सुनारले पाए भने आदिवासी गीततर्फ तामाङ भाषा गायिकाको अवार्ड ‘म्हेन्दोरी लोई’ गीतबाट रमला पाख्रिन तामाङ र नेपाल भाषा गीत उत्कृष्ट गायिकाको अवार्ड ‘हाकु दाइचा’ गीतबाट तेजवती जोशीले पाइन् ।
यस्तै पप विधातर्फ आधुनिक पप गायकको अवार्ड ‘तिमीलाई हेरी हेरी रहने’बाट आर्जन पाण्डे, वर्षकै सर्वोत्कृष्ट लोक पप गीतको अवार्ड गायकबाट ‘दुई नजर’बाट सुरेन्द्र गौतम, लोक पप गायकको जुरी अवार्ड ‘१८ कट्यौ कि कटेनौ’ गीतबाट नविन कुमार पौडेलले पाए भने उत्कृष्ट लोकपप गीत गायकको अवार्ड ‘मेरी मायालु’बाट आश्रय रञ्जितले हासिल गरे ।
यस्तै लोक पप गायक पब्लिक च्वाइस अवार्ड ‘भागी भागी नजाउ’बाट गणेश थापा, लोक पप गायिकाको अवार्ड ‘पियारी’बाट सहिमा श्रेष्ठ, लोकपप संगीतकारको अवार्ड ‘क्लियर कट’बाट योगेन्द्र उपाध्यायले प्राप्त गरे । यस्तै उत्कृष्ट पप गीत गायकको अवार्ड ‘राम थेँ म’ गीतबाट हेमन्त शिशिर, लोक पप म्युजिक भिडियो मोडल(पुरुष)को अवार्ड ‘पियारी’ गीतबाट रमेश चन्द सोडारी, लोक पप म्युजिक भिडियो बाल मोडलको अवार्ड ‘फस्दै गएछु’ गीतबाट दिप्सन चिलुवाल र लोक पप कोरियोग्राफरको अवार्ड ‘ए केटा मादलु’ गीतबाट दिवस गिरीले हासिल गरे ।
यस्तै उत्कृष्ट सर्ट फिल्म अवार्ड ‘संघर्ष’ले प्राप्त गर्यो भने सो फिल्मका निर्माता तथा कलाकार प्रेम पाण्डेले प्राप्त गरे । कलाकार पाण्डेले उत्कृष्ट चरित्र अभिनेताको अवार्डसमेत प्राप्त गरे ।
पूर्वप्रधानमन्त्री खनालसहित संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति एवम् गायक शम्भु राई, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलालगायतले विजेतालाई अवार्ड प्रदान गरेका थिए । यो अवार्डको निर्णायकहरुमा गायिका जुनु रिजाल, गायक तथा मोडल दुर्गेश थापा, गायक रोशन सिंह, म्युजिक भिडियो निर्देशक बबिता श्रेष्ठ र दृष्य सम्पादक वीरेन्द्र भाट ९विपिन० रहेका थिए ।