बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा नाटक ‘रातो अक्षर, कालो अक्षर मञ्चन हुने भएको छ । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले शिक्षामा भइरहेको भ्रष्टीकरणविरूद्धको नाटक मञ्चन हुन लागेको हो ।
नाटकमा मौजुदा शिक्षा प्रणालीले सामाजिक संरचनामा पारेको प्रभाव, विश्व श्रम बजारमा विद्यार्थी बनेर विदेशिनुपर्ने बाध्यता, विद्यार्थी आन्दोलनको आफैंभित्रको समस्याआदि उजागर गर्न खोजिएको छ।
‘नाटकले आजको राज्यसत्ता र प्रणालीलाई बारम्बार प्रश्न गरिरहन्छ । नाटकका आफ्नै सीमितता हुने भएकाले सबै विषयहरूलाई समेट्न सकेका छैनौं, आन्दोलन गर्नुपर्ने अरू धेरै मुद्दा भएकाले तिनमा हाम्रो सशक्त उपस्थिति देखाउने नै छौं,’ अनेरास्ववियुले भने।
नाटकको परिकल्पना अनेरास्ववियुका अध्यक्ष समिक बडालले गरेका हुन् भने निर्देशन दिलीप खड्का र सहनिर्देशन खिलकुमार राईले गरेका हुन् । दिपेश काफ्ले, मिलन कार्की, अनुप न्यौपाने बालकृष्ण रिजाल, योगिन राई, रेनुनाथ योगी, सञ्जीव राई, संगीता थापा, सुजैन सिलवाल, सुदीप खतिवडाले नाटकमा अभिनय गरेका छन् । असोज १७ गतेदेखि २७ गतेसम्म नाटक मञ्चन हुने छ।