निर्देशक दिनेश लिङ्देनले आफ्नो सफल लिम्बु चलचित्र ‘रीत’को सिक्वेल निर्माण गर्ने भएका छन् । फाल्गुनन्द लिङदेन फिल्मस्को ब्यानरमा ‘रीत–२’ निर्माणको घोषणा गरिएको हो ।
उक्त चलचित्रको छायाँकन ताप्लेजुङको सिनाम, पाँचथरको ओयाम, इलाम, झापा हुँदै काठमाडौंमा उपत्यका गरिने भएको छ । लिम्बु भाषामै बन्ने यस चलचित्रमा विशेष गरी लिम्बु जातिको विवाहमा दुलाहा र दुलही पक्ष बीचमा हुने संस्कारको कथालाई समेटिएको कथाकार तथा निर्देशक लिङदेनले बताएका छन् ।
सन्चमान जबेगु, विक्रम पयाङ्गु, होमकुमार लावती र आशा नेम्बाङ निर्माता रहने फिल्ममा पूर्ण सेलिङको कार्यकारी निर्माण, कविता राई लिङ्देनको निर्माण व्यवस्थापन तथा सुदिता लिङ्देनको प्रस्तुति रहनेछ ।
यस चलचित्रमा लक्ष्मी योङहाङ, सोनु थोक्लिहाङ लिम्बु, विमला खजुम, तेज मेन्याङबो, पूर्ण सेलिङ, सागर केरुङ, याशेली योङ्हाङ, दिनेश माङमु, एन्जिला नेम्वाङ, नन्दु तुम्बापो, नितु नेम्वाङको अभिनय रहनेछ । फिल्मको छायांकन कात्तिक दोस्रो हप्ताबाट सुरु हुनेछ ।