आगामी असोज २६ गतेबाट प्रदर्शनमा आउन लागेको नारायण रायमाझी निर्देशित नेपाली कथानक चलचित्र ‘परदेशी २’को टोली मोफसल यात्रामा चितवन आइपुगेको छ । शुक्रबार चलचित्र ‘परदेशी २’को टोली चितवन आइपुगेको हो । टालीले शुक्रबार भरतपुरमा पत्रकार सम्मेलन गरि चलचित्रको बारेमा जानकारी गराएको छ ।
पत्रकार सम्मेलनमा चलचित्रका कार्यकारी निर्देशक नारायण रायमाझीले अध्ययनसँगै अन्य परिवेशमा परदेश पुगेकाहरूको कथा–व्यथालाई चलचित्रमा प्रस्तुत गरिएका बताउनु भयो । चलचित्रकोे सार्वजनिक टिजर र गीत बाट मिलेको प्रतिक्रियाले आफू र आफ्नो टिम निकै आशावादी भएकोे निर्देशक रायमाझीले बताउनुभयो ।
पत्रकार सम्मेलनमामा बोल्दै कलाकार एवं चलचित्रका मुख्य कलाकार प्रकाश सपुतले परदेशीएकाहरुको कथा लाई समेटेर फिल्म बनेकाले सबैलाई चलचित्र हेर्न अनुरोध गर्नु भयो ।यस्तै नायिका केकी अधिकारीले ‘परदेशी २’ प्रत्येक घरका नेपालीको कथा भएको बताउनु भयो ।
बुधबार नवलपुरबाट सुरु गरिएको चलचित्रको प्रमोशन यात्रा देशका प्रमुख ७ शहरमा हुने छ ।चलचित्रको टिमले कलेज क्याम्पियन, पब्लिक इभेन्ट, मिट एण्ड ग्रिट जस्ता कार्यक्रमहरुको आयोजना समेत गरेको छ ।
चलचित्रका निर्देशक नारायण रायमाझी,कलाकारहरु प्रकाश सपुत,केकी अधिकारी र दिनेश काफ्ले मोफसल टुरमा रहनु भएको छ । चलचित्रमा प्रकाश सपुत, केकी अधिकारी सँगै दिलीप रायमाझी, प्रशान्त तामाङ, वर्षा शिवाकोटी, नीर शाह, रमा थपलिया, सबिन बाँस्तोलालगायत कलाकारको अभिनय रहेको छ । गायक प्रकाश सपूतको यो डेब्यू चलचित्र हो ।
चलचित्रमा रमेश बिजीले कथा लेखन, मानकृष्ण महर्जनले छायाङ्कन, अष्ट महर्जनले द्वन्द्व निर्देशन, दीर्घ खड्काले सम्पादन, रामजी लामिछाने र गोविन्द राईले नृत्य निर्देशन गरेका छन् ।