असार १५ का दिन सार्वजनिक भएको “तिमी उता म यता“ गीतमा शब्द संगीत राजन राज शिवकोटीको रहेको छ भने गायिका मिलन नेवार संगको यूगल गायन रहेको छ । तयार भएको गीतको म्युजिक भिडियोमा गायक गायिका आँफैले अभिनय गरेका छन् ।
केही दिनअघि दक्षिणकालीमा छायांकन भएको यो गीतमा लामो समयसम्म एक–आपसमा भेटघाट हुन नपाउँदाको अवस्थाको पीडा र भेट हुने आशा सहितको भावनालाई व्यक्त गरिएको छ । भिडियोमा नायक नायिका को छोरी को रूपमा राजनका कान्छि छोरी आरिश्मा शिवकोटीको पनि अभिनय रहेको छ ।
भिडियोलाई राजेश पुमा राईले निर्देशन गरेका हुन् भने उत्सव दाहालले यसलाई छायांकन गरेका हुन् । सार्वजनिक भएको गीतको म्युजिक भिडियोमा मिलन र राजनराज शिवाकोटीलाई कलात्मक ढंगमा देखाइएको छ ।
चरिले काफल तिप्यो, ठेकिमा दही, गुलेलिले हन्दिउकी जस्तै धेरै गितहरु शिवाकोटी र मिलनको युगल स्वरमा लोकप्रीय रहेका छन् ।
स्वर मिलन नेवार, राजन राज सिवाकोटी, शब्द÷संगित ः राजन राज सिवाकोटी, बाल कलाकार ः आरिश्मा सिवाकोटी, एरेन्ज ः सन्दीप कार्की, रेकर्डिस्ट ः किरण बिक, मिक्सिङ मास्टरिङ ः स्याम स्वेत रसाइली, श्रृंगार ः इन्दिरा महर्जन, प्रोडस्कन म्यानेजर ः दिपेन गौतम, छायाँकन ः उत्सव दाहाल, सम्पादन ः विकास दाहाल, निर्देशन ः राजेश पुमा राईले गरेका छन् ।