लेखक, निर्माता, निर्देशक र अभिनेता समेत रहेका खगेन्द्र लामिछानेले काठमाडौं कलिङ साहित्य महोत्सवको दोस्रो दिन ‘एक्काइसौं शताब्दीमा रिल : नेपाली सिनेमाको व्यापार’ विषयमा आफ्नो अभिव्यक्ति दिएका छन् । उनले भनेका छन ः
म सिनेमामा काम गर्न थालेको ११ वर्ष भयो । त्यसअघि थिएटरमा काम गर्थें । म थिएटरमा काम गर्दा सिनेमामा आफूलाई कल्पना पनि गर्दिन थिएँ । तर नेपाली सिनेमा हेर्दा नेपालीपनसँग जोडिएको सिनेमा कम हुन्थे । बजारलाई चलायमान बनाउने सिनेमा बलिउडबाट अति प्रभावित हुन्थे । जुन सिनेमा हेर्दा हामीले आफ्नो उपस्थिति देख्दैन थियौँ । हामी संयोगले सिनेमामा आयौं ।
हामीले बनाउने सिनेमा कस्तो हुनुपर्छरु मैले बुझेको के भने हलमा सिनेमा हेर्न जाँदा हाम्रो समाज कहाँ छ। रियलिस्टिक फिल्म हेर्न जाने जमात कति छ नेपाली फिल्महरू अन्तर्राष्ट्रिय प्लेटफर्ममा पुगेका छन् ।
१५ वर्षअगाडि नेपाली सिनेमा एक्जिस्ट नै गर्दैन थियो । यो सालमात्रै ३-४ वटा नेपाली सिनेमा विश्वको सबैभन्दा ठूलो फेस्टिभलमा सहभागी भइरहेका छन् । यो राम्रो कुरा हो । हाम्रो मौलिक कथालाई विश्वले पनि खोजेर हेर्न चाहन्छ । तर सिनेमा क्षेत्रमा राज्यको उपस्थिति शून्य छ ।
राज्यले सिनेमा क्षेत्रलाई बेवास्ता गरेको छ । अरु हरेक क्षेत्रमा हेर्नुभयो भने बीमाको व्यवस्था छ । धेरै व्यवसायसँग सरकार जोडिन्छ । तर सिनेमा यस्तो बिजनेस हो फिल्म दर्ता गर्दा विकास बोर्डमा १३ हजार ५ सय राज्यलाई तिर्नुपर्छ। त्यसपछि राज्यको भूमिका शुन्य । अहिले व्यतिगत क्षमताले विश्व सिनेमामा नेपाली सिनेमा पुर्याइरहेका मेकर हुनुहुन्छ । राज्यले म पनि साथमा छु भनेर हौसला दियो भने कहाँ पुग्थ्यो होलारु ०५८ सालपूर्वको राज्यको भूमिका जस्तो थियो नेपाली सिनेमामा हाम्रो लडाइँ यसैमा छ ।
चलचित्रकर्मीले त सरकारलाई कमाइदिरहेको जस्तो भइरहेको छ । फिल्म चल्यो भने राज्यले २५ प्रतिशत लिन्छ । खासमा फिल्म डुब्दा हाम्रो जिन्दगी चाहिँ कसरी चल्छ जस्तो लाग्छ । हामी नागरिक भएको अर्थ के ? हामी यसका लागि फाइट गरिरहेका छौँ ।