गायिका पूजन काफ्लेको नयाँ तीज गीत ‘ए आमा गाउँदै नाच्ने हो’ सार्वजनिक भएको छ ।
गायिका काफ्लेकै शब्द रचनाको यो गीतलाई आरसी रिमालले संगीतवद्ध गरेका छन् । गीतमार्फत तीजलाई हर्षोल्लासका साथ मनाउनु पर्छ भन्ने भावना व्यक्त गरिएको गायिका काफ्लेको भनाइ छ । उनी भन्छिन्– ‘गीतका शब्दमा तीजमा चेलीले महसुस गर्ने भावनालाई समेटेकी छु । गीतमार्फत परिवार र पर्वको महत्वलाई दर्शाइएको छ ।’
गायिका काफ्लेले गीतमार्फत चेलीको वेदनासँगै परिवारमार्फत चाहने साथ र सहयोगलाई देखाईएको बताइन् । गीतको निर्मित भिडियोमा गायिका काफ्लेसँगै मैयाँ काफ्ले, कल्पना पाण्डे, पुनम काफ्ले, स्मृति भुजेल, कृति भुजेल, एलिजा काफ्ले, सरस्वती तामाङ, एन्जल काफ्ले, तारा लामा, उषा काफ्ले लगायतका कलाकारले अभिनय तथा नृत्य गरेका छन् ।
शेरबहादुर डिसीको निर्देशनमा तयार भएको भिडियोमा शिवन पोखरेलको नृत्य निर्देशन, सुशील डाँगीको छायांकन, निराजन केसीको सम्पादन तथा कलर करेक्सन, सृष्टी थापा मगरको मेकअप एण्ड हेयर रहेको छ ।