अध्यक्ष चलचित्र नृत्य निर्देशक नारायण रिजालको सभापतित्वमा सम्पन्न भएको शिव कैलाश कला मन्दिरको आयोजनामा दोस्रो उपत्यकाव्यापी स्कुल स्तरिय एकल नृत्य प्रतियोगिता सम्पन्न भएको छ । शिव कैलाश कला मन्दिरका प्रतियोगितका प्रमुख अतिथि टोखा नगरपालिका उपमेयर मुरारी तमाङ रहनुभएको थियो ।
सो अवसरमा विगत २४ वर्षदेखि शिव कैलाश कला मन्दिरले कला र संस्कृतिका क्षेत्रमा पुर्याएको योगदानको उपमेयरले प्रशंसा गर्नुभएको थियो । युनिशा रिजाल र सन्तोश खत्रीद्वारा सञ्चालन गरिएको कार्यक्रममा संयोजक वेदबहादुर बुढाथोकीले (रोशन) स्वागत मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा उपत्यकाका १३ स्कुलका २८० जना विद्यार्थीले सहभागिता जनाएको प्रतियोगिता तीन दिनसम्म चलेको थियो । कोरियोग्राफर रेनुका रिजालका अनुसार पहिलो दिनको निर्णायकमा कोरियोग्राफररमोडेल सुरेन्द्र बसेल, नायक तथा कोरियोग्राफर सोनबहादुर तामाङ हुनुहुन्थ्यो भने दोस्रो दिन वरिष्ठ चलचित्र नृत्य निर्देशक गोविन्द प्रभात र तेस्रो दिन लोक नृत्य खोजकर्ता वरिष्ठ नृत्य निर्देशक कृष्णप्रसाद पौडेल ९केपी पौडेल०, गोविन्द प्रभात, मोडेलरनृत्य निर्देशक कृष्ण रसाइली रहनुभएको थियो ।
प्रतियोगितामा नाम्स स्कुल गोंगबुकी छात्रा सिरिना परियार कक्षा दुईबाट, रेडअन स्कुल सामखुशीकी शिखा विष्ट कक्षा तीनबाट, काठमाडौं लिन्कन तारकेश्वरकी सफला तामाङ कक्षा चारबाट, गिनिज स्कुल धर्मस्थली सानो बाइपास कि सोनाली गुरुङ कक्षा पाँचबाट, सभ्यता पाठशाला रानीवनकी प्रजिता भट्टराई कक्षा ६ बाट, नान्स स्कुल गोंगबुकी रिविशा गुरुङ कक्षा सातबाट, रेडअन स्कुल सामखुशीकी आरध्या सिंह कक्षा आठबाट, क्युपिड स्कुल बाँनियाटरकी किञ्जल रिमाल कक्षा नौबाट र नाम्स स्कुलकी आर्शिया प्रियाले प्रथम स्थान हासिल गर्न सफल हुनुभएको थियो ।
त्यस्तै, ज्ञानभूमि स्कुल मनमैजु, प्रज्ञान स्कुल टोखा, मिलन धर्मस्थली स्कुल काभ्रेस्थली, सौर्यदीप स्कुल वनस्थली, लालिगुराँस विद्या सदन काभ्रेस्थलीले द्वितीय, तृतीय, सन्त्वना र उत्कृट नृत्यका ट्रफीहरू उचाल्न सफल हुनुभयो । १३ वटै स्कुललाई सम्मान गरिएको सो प्रतियोगितमा शिव कैलाश कला मन्दिरका कोरियोग्राफरहरू चेतकुमारी कार्की, भरत पुतुर्वा, रस्विता रिजाल, विशाल तामाङ, सविना पण्डित, प्रनिता खड्का, रोशनी बुढाथोकी, सर्मिला धिताल अनिसा पुर्जाहरूले प्रतियोगिताको सहजीकरणको भूमिका निर्वाह गर्नुभयको थियो । विशिष्ट अतिथि टोखा नगरपालिकाका सचिव सानु श्रेष्ठ, समाजसेवी हरिबंश पन्त, चलचित्र नृत्यसंघका महासचिव दीपेन्द्र तिमल्सिनालगायतले प्रतियोगितमा विजेता भएकालाई बधाई तथा शुभकामना दिनुभएको थियो ।