चर्चित गायक तथा सर्जक विशाल रायमाझीले फरक खालको गीतको भिडियो सार्वजनिक गरेका छन् । उनको यस गीतमा २३ जना गायिकाहरु मात्र रहेका छन् ।
‘सिक्री घाँटीमा’ बोलको उक्त गीतमा विशाल आफैंले शब्द तथा लय बनाएका छन् भने पुरुष गायकमा उनको आफ्नै सुन्न सकिन्छ । विशालसँगै उक्त गीतमा मञ्जु गुरुङ, जमुना सनम, हरिमाया रायमाझी, सम्झना लामिछाने, सुनितामी परियार, कल्पना श्रीपाल, मैना मगर, सलिना नेपाली, सर्मिला रायमाझी, डोल्मा लामिछाने, रेनुका भट्टराई र मञ्जु भट्टराईको स्वर सुन्न सकिन्छ ।
त्यसैगरी, निर्मला गुरुङ, दिया नेपाल, बिन्दु बिहानी, सम्झना रनपाल, बसन्ता खनाल, दीपा लामिछाने, राधा राना मगर, सब्बु सरगम, वर्षा थापा, सपना घर्ती मगर, निर्मला पन्त र विश्वास नेपालको स्वर सुन्न सकिन्छ ।
गीतमा विश्वास नेपालको एरेञ्ज रहेको छ भने भिडियोमा नायिका एलिना रायमाझी, सन्ध्या क्षेत्री र सन्तोष परियार लगायतका कलाकारहरु रहेका छन् । विशाल आफैं पनि मुख्य कलाकारको रुपमा देखिएका छन् ।
भिडियोको कोरियोग्राफी नायिका एलिनाले आफैं गरेकी छिन् । प्रकाश खड्काको छायाँकन रहेको भिडियोको निर्देशन तथा सम्पादन राजकुमार मगरले गरेका छन् ।