कमेडी क्लब विथ च्यापिएनको स्थगित भएपछि फुर्सदमा रहेका त्यसका निर्माण टिमका एक विक्की अग्रवालले आफ्नो शो ' आम्मा कस्सम याँ दुख्छ' को दोस्रो सिजन ल्याउने भएका छन् ।
यस अगाडि उनको शो प्राइम टिभीमा प्रसारण हुने गरेको थियो । दोस्रो सिजन भने एनएनटिभीमा आउन लागेको हो । उनले आफ्नो शोलाई रोस्ट शो भन्ने गरेका छन् ।
उनी पहिला कमेडी क्लब विथ च्याम्पियनको होस्ट बनेका थिए । तर एकाएक हराए । होस्टको रूपमा देखिए विशाल भण्डारी । उनी एकाएक प्राइम टिभीमा देखिएका थिए । कतै टिम फुटेको हो कि भनेको उनी होस्टबाट हटेर प्रडक्सनमा लागेका रहेछन् ।
रोस्ट शो भनिएको उनको कार्यक्रमका अधिकांश अतिथिहरू अन्टासन्टा बोलेर भाइरल भएकाहरू नै थिए । उनले कार्यक्रममा डबल मिनिङलाई खुबै प्रोत्साहन गरेका थिए । उता पहिलो सिजन सक्काएका विक्कीले डबल मिनिङलाई कमेडी क्लवमै भरमार प्रयोग गरे अनी दर्शकको गाली चैँ विशालले भेटे ।
निर्माण टिमले विक्कीको शो हिट भएको दाबी गरेको थियो । तर शो फ्लप भएको त दोस्रो सिजनका लागि चयन गरिएको च्यानलले नै पुष्टि गर्यो । शो हिट भएको भए अलिअलि बजारमा पहिचान बनाएका टेलिभिजनले प्रसारण गरिहाल्थे नि ।
कमेडी च्याम्पियनबाट उदाएका कमेडियन हुन् विक्की । उनी भारतीय नागरिक भएपछि नेपाललाई कर्मथलो बनाइरहेका छन् । कर्मथलो बनाउँदा बनाउँदै उनले नेपाललाई ससुराली समेत बनाइसकेका छन्। उनको कार्यक्रम युट्युबमा भने ओएसआरले नै प्रसारण गर्दैछ ।
कमेडी क्लब विथ च्याम्पियन स्थगित गरेर विशाल टिम अहिले कमेडी च्याम्पियन तेस्रो सिजनको तयारीमा लागेको छ । सो टिममा विक्की पनि हुन्छन् या हुन्नन् खुलिसकेको छैन । तर विक्कीको शोलाई विशालको मनदेखिको समर्थन रहेको त विक्कीले कार्यक्रमको पोस्टर सार्वजनिक गरे लगत्तै विशालले पनि सेयर गर्नुले देखाउँछ नै ।