२०६६ साल भाद्र १५ गते राष्ट्रिय नाचघरबाट शुरु भएको डि सिने अवार्ड आज यति सहजै १४ वर्षमा पुग्ला भन्ने अनुमान हामीले गरेका थिएनौं । तर हामी निरन्तर रहिरह्यौं, चुनौतीहरुलाई सहजै पार ग¥यौं र १२ वर्षमा आउन सफल भयौं । अवार्डहरुमध्ये नेपालकै १४ औं अवार्ड गर्न सफल पहिलो अवार्ड हुन पाउँदा हामी गौरवान्वित भएका छौं । यो खुशी हाम्रो मात्र नभएर समस्त चलचित्रकर्मी, संचारकर्मी एवं चलचित्रप्रेमीहरुको हो भन्ने हामीले बुझेका छौं । अवार्डका माध्यमबाट निरन्तरताको यो दश वर्षमा समग्र चलचित्रक्षेत्रलाई के योगदान दिन सक्यौं र चलचित्र उद्योगले के पायो भन्ने कुरा महत्वपूर्ण कुरा हो । अवार्डका माध्यमबाट चलचित्र उद्योगलाई चलायमान बनाउन सकियो र गतिविधि बढाउन सकियो भने अवश्य नै समग्र दर्शकवर्गमा केहि न केहि प्रभाव पार्न सक्छ भन्ने विश्वास लिन सकिन्छ ।
हुन त १४ वर्ष त्यति लामो समय होइन । चुनौतिहरुलाई हेर्ने हो भने १४ वर्ष एउटा कालखण्ड पनि हो । यस हिसाबमा डि सिने अवार्डले एउटा कालखण्ड सफलपूर्वक पूरा गरेको छ । विभिन्न चुनौती, अप्ठ्यारा एवं असहज परिस्थितिहरुलाई पन्छाउँदै सफलतापूर्वक डि सिने अवार्ड १४ औं संस्करणसम्म आइपुग्न सफल भएको हो ।
नेपाली चलचित्रको निर्माण संख्या त बढिरहेका थिए तर गुणात्मकताको खोजी भइरहेको थियो । हामी चाहेर पनि चलचित्रमा ठूलो लगानि गर्न सक्ने अवास्थामा पक्कै थिएनौं । हो यहि अवस्थामा छिटफुट रुपमा डिजिटल प्रविधि हाम्रोमा पनि भित्रियो । कतिपय सन्दर्भमा डिजिटलको विरोध गर्ने पनि सुनिए । अन्ततः डिजिटल बामे सर्दै छिर्ने भयो । कागवेनी नामक चलचित्रबाट पूर्णतः डिजिटल क्यामरा प्रयोग गरी नेपाली चलचित्र प्रविधिको गुणस्तर मापन गर्ने अवसर समग्र चलचित्रकर्मीलाई भयो । यसो त एक्स थ्री क्यामरा भित्रिएपछि केहि डिजिटल प्रयोग बढेको थियो भने सम्पादनको मामलामा हामी रगत र शंकर नामका चलचित्रबाटै पनि ‘एभिड’मा छिरिसकेका थियौं । खासमा पूर्ण रुपमा छायाँकनदेखि सम्पादन एवं प्रदर्शनसम्म नै डिजिटल हुने सौभाग्य चाही कागबेनीबाटै शुरु भएको हो ।
छायाँछवि डि सिने अवार्ड –०६६ प्रारम्भ गर्दा मैना र स्वीकार नामक दुई डिजिटल फिल्म मात्र सहभागी भएका थिए । यी दुई चलचित्र पनि पूरै डिजिटलमय थिएनन् भने अन्य चलचित्र भिडियो फम्र्याटका थिए । हामीकोमा भिडियो चलचित्र भनेर खिचिने चलचित्र नै सहभागी भएका थिए ।
विश्वमै युरोपले सन २०१५ मा र अमेरिकाले २०१४ मै डिजिटलमय हुने घोषणा गरेका थिए । तर नेपालकै सन्दर्भमा पनि डिजिटल चलचित्र यो डेट अगावै निर्माण हुन थालेका मात्र होइनन् की पूर्णतः चलचित्रहरु डिजिटल भैसकेका थिए । आर्थिक लगानीका हिसाबमा हाम्रा चलचित्रले ठूलो लगानी नपाए पनि प्रविधिका मार्फत हामी गुणस्तरयुक्त बन्दै गैसकेका थियौं । हामीले डिजिटल फम्र्याटमा जाने अवसर चाडैं पायौ । जसका कारण प्रविधिका हिसाबमा हाम्रा चलचित्र चाडै समृद्ध बन्न पाए । प्राविधिक रुपमा हामी सवल बन्न सक्यौं ।
भन्नेका कुरा सुन्ने हो भने काम नै नगर्दा पनि हुन्छ । हामीले डिजिटल फम्र्याटका चलचित्रका लागि भनेर अवार्ड तोक्दा डिजिटल विरोधीहरुको हामीलाई घृणित लाल्छना पनि लगाए । डिजिटलका पक्षधरका लगानी रहेको पनि बताए । घृणित विभिन्न आरोप हामीले सहिरह्यौं । अविचलित रह्यो । हामीले अवार्ड गरेर अब विश्वको चलचित्र डिजिटल नै हो भन्न कत्तिको सफल भयो भन्ने कुरा वर्तमानले बुझाएको छ । विश्वकै सन्दर्भमा भन्ने हो भने पनि हामीले अग्रणी भाग्यमानी हो जसले विश्वमै पहिलोपटक र एकमात्र प्रविधिको फम्र्याट तोकिएको अवार्ड गर्न सफल भयौं । डिजिटल फम्र्याटलाई नै तोकेर अवार्ड गर्ने हामी विश्वकै पहिलो हौं ।
प्रविधिलाई छेकेर छेकिन्न । रोकेर रोकिन्न । प्रविधि आउने नै थियो र आयो पनि । चलचित्रको कायापलट परीवर्तन गर्नमा डिजिटल फम्र्याटले ठूलो काम गरेको छ । सिक्स्टिनमा खिचिएका धमिला चलचित्रका कारण दर्शक नैराश्य थिए । आज सफा एवं चम्किला चलचित्र हेर्न पाउनु डिजिटल कै देन हो । यसो भन्दैमा हामी डिजिटल हुने वित्तिकै सफल भइहाल्यौं भन्ने होइन । प्रविधि डिजिटल भएपनि कतिपयको सोच सिक्स्टिनमै छ । डिजिटल हुँदा प्रयोग गर्नसक्ने फ्यासिलिटी हामीले अपनाउन सकिरहेका छैनौं । तैपनि हाम्रा चलचित्रमा केहि नविनतम् सोचहरु आए र परिवर्तनहरु भए । जसका कारण आज हाम्रो युवापुस्ता पनि चलचित्रप्रति आकर्षित छ । अझै नेपाली चलचित्रलाई प्रविधिमुखी, सोचमुखी, श्रृजनामुखी, बनाउन जरुरी छ । जसका कारण हाम्रा दर्शकको संख्या बढोस् ।
अवार्ड गरिसकेपछि अपजस् पाइन्छ भन्ने कुरामा मलाई कुनै द्विविधा थिएन । जति सोचेको थियो त्यो भन्दा बढी अपजस् पाएको छु त्यो फरक कुरा हो । अवार्डले कसलाई के को हानी गरेको छ कुन्नी ? यो कहिलै बुझ्न सकिएन । अवार्डका मार्फत चलचित्रकर्मी नै पुरस्कृत भैरहेका छन् । उनीहरु नै प्रोत्साहित हुने हो । मात्र यहाँ अरुले पाएको पुरस्कारमा ताली बजाउन चलचित्रकर्मीलाई लाज लाग्छ । प्रशंशा गर्न हामी लजाउँछौं । विरोध गर्न भने हामी तम्सिहाल्छौं । विडम्वना नै यहि हो । यसैले हामी अरु पुरस्कृत भएकोमा विरोध गर्छौं । आफूले गरेको कामलाई नम्वर १ मान्छौं र अरुको काम भने हामीलाई राम्रो लाग्दैन । जसका कारण यो गलत भयो र यो हुनै सक्दैन भन्ने हामीलाई लाग्छ । तर उसको काम कस्तो थियो भन्नेतर्फ हाम्रो ध्यान नै जाँदैन । हामी अरुको काम, अरुको चलचित्र नै हेर्दैनौं । यहि विडम्बनाकाबीच नेपाली चलचित्र र चलचित्रकर्म बाँचेको छ । विना तर्क, विना सोच, विना उद्देश्य हामी चलचित्र बनाउँछौं । दुई–चार जनालाई अनाहकमा लालच देखाएर चलचित्र निर्माण गर्न उत्प्रेरित गर्छौं । चलचित्र संख्या बढी भएको देख्दैनौं । बजारको मागले थेग्न सक्ने चलचित्रको संख्या कति हो । कति लगानी गर्दा बजार सुरक्षित हुन्छ । नेपालमा स्टेशन कति छ । प्रदर्शन भवन कति छ हामीलाई केहि थाहा छैन तर पनि चलचित्र बनाउँछौं र आफैंले बनाएको सर्बोत्कृष्ट चलचित्र मान्छौं यतातर्फ ध्यान छैन । मात्र ध्यान छ अवार्ड किन हुन्छन् । अवार्ड किन गर्ने । यो भन्दै अवार्ड आयोजकलाई निरुत्साहित पारिन्छ । यो प्रश्न म बारम्बार सोध्न चाहन्छु, अवार्डले कसको के बिगारेको छ । अवार्ड प्रोत्साहनको लागि हो । सिर्जनाको मूल्याङ्कन हो । अवार्ड चलचित्रकर्मीको हौसला हो । अवार्डले चलचित्रकर्मीलाई बरु हौसला दिन्छ तर निरुत्साहित पार्दैन । यसैले अवार्डको विरोध किन ? कोरोनाको कारण देखाएर आर्थीक मन्दी देखाएर एउटा चलचित्रकर्मलाई नखुम्चाउँ ! अब निर्धक्क अघि बडौं ।
होला अवार्ड हाम्रोमा लगभग एक दर्जनको हाराहारीमा छन् सबै अवार्डको उद्देश्य एकै छैन । सबै अवार्डले आफ्नो ‘प्रकृति’ तोकेका छैनन् अथवा भनौं कुन आधारमा मूल्यांकन गरिन्छ अवार्ड भनेका छैनन् । जसका कारण अवार्डमा केहि अन्यौलता देखिन्छ । यसैले अवार्ड आयोजकले पनि आफ्नो प्रकृतिलाई सच्याउन पक्कै जरुरी छ । तर पुरस्कार, सम्मान जस्ता चिजको विरोध डाहा मात्रै हो । अन्यथा केहि होइन । विभिन्न आरोप–प्रत्यारोप, विरोध–समर्थन, ताली–गाली जे जे भए पनि सहेर डि सिने अवार्डले आफ्नै १४ औं चरण पार गरेको छ । बाटा अफ्ठ्यारा–सजिला जे भएपनि डि सिने अवार्ड अग्रणी अवार्डको रुपमा नेपाली चलचित्र उद्योगमा उभिएको छ । डि सिने अवार्ड काठमाडौं उपत्यकाको घेरोमा मात्र सीमित छैन । पहिलो, दोस्रो र तेस्रो संस्करण राष्ट्रिय नाचघरमा सम्पन्न गरेको डि सिने अवार्ड चौंथो, पाचौं र छैठौं नेपाल प्रज्ञा प्रतिष्ठानमा गरिएको थियौं । सातौं संस्करण कार्की बैंकेट बबरमहलमा गरेको डि सिने अवार्डले आठौं संस्करण पोखरामा, नवौं संस्करण हेटौडामा, दशौं संस्करण काठमाडौंको राष्ट्रिय सभागृहमा, ११ औं संस्करण हिरारत्न सिनेमाहल काठमाडौंमा नै सम्पन्न गरिसकेका छौं । १२ औं संस्करण काभ्रेको बनेपामा आयोजना गरिसकेको छ भने १३ र १४ आज हामी रस्सीयन हाउस कमलपोखरीमा गरीरहेका छौं ।
अवार्ड यहाँ विदेश पनि आयोजना गरिएका छन् । सीमित दर्शक, सीमित घेरामा विदेश गए अवार्ड ! त्यसको प्रभाव के देखियो कुन्नी ? चलचित्रकर्मीलाई नै टिकट किन्न लगाएर विदेश सयर गरिँदा अवार्डको प्रभाव के छ मलाई भने थाहा छैन तर अवार्ड आयोजना नै उपलब्धी मानेको छु मैले । विदेशिएका नेपालीमाझ पुग्नु पनि एक किसिमको चलायमान बनाउने अवस्था हो । अवार्ड आयोजना गरियो । मुख्य उपलब्धी यही हो । हरेकले आ–आफ्नो पहुँचमा अवार्ड विदेश लगे । जसको पहुँच थियो त्यसैले लगे । जसले सकेनन् अब सकेनन् । हाम्रो डी सिने अवार्ड भने यो दौडमा छैन । हामी उपत्यका बाहिरका दर्शककामाझ घुलमिल हुने प्रयत्नमा छौं । अहिले त झन देश विकेन्द्रिकरण भएको छ । देशमा सात प्रदेश बनेका छन् । यस्तो अवस्थामा झन् फरक–फरक सहर, फरक–फरक प्रदेशमा गएर फरक फरक दर्शकका साथमा घुलमील हुन पाउनुलाई हामी सौभाग्य ठान्छौं र उपलब्धी मान्छौं पनि । यसैले हाम्रै प्रकृतिको अवस्थामा हामी निरन्तर रहिरहने छौं ।
अन्त्यमा, हामीलाई १४ औं वर्षसम्म आइपुग्न धेरैजनाको सहयोग, धेरै संघ संस्थाको सहयोग, केहि व्यापारिक तथा विज्ञापनदाताको सहयोग रह्यो । चलचित्रकर्मीको सहयोग, सञ्चारकर्मीको सहयोग रहयो । हामीलाई आयोजक टिम निर्माणमै पनि, जुरी टिम निर्माणकै पनि धेरै जनाको सहयोग रह्यो । यी सबै टिमका कारण सफलतापूर्वक चौधौं वर्षमा हामी आयौं । यस सहयोगप्रति सबैमा हार्दिक आभार प्रकट गर्न चाहन्छु । साथै यो सहयोगको निरन्तरता रहिरहने विश्वास पनि गर्न चाहन्छु । सबैप्रति हार्दिक आभार । सबैमा धन्यवाद ।
हिजोजस्तो सुरु भएको डि सिने अवार्ड आज हामी गौरवमय १४औं वर्षमा छौं भन्दा हामीलाई खुशी लागेको छ । यति मात्र पनि होइन डि सिने अवार्ड दशौंदेखि नै अवार्डको रुपमा फड्को मार्ने क्रममा पहिलो बन्न पनि सफल भएको छ । यो हाम्रा लागि मात्र होइन कि समग्र रुपमा नेपाली चलचित्र उद्योगकै लागि गौरवमय हो भन्दा अत्युक्ति नहोला । २०६६ साल भाद्र १५ बाट शुरु भएको हाम्रो यात्रा विविध आरोह अवरोहका बीचमा पनि सहज रुपमा १४ वर्षमा आइपुगेको छ ।
हामीले डि सिने अवार्डलाई केहि न केहि भएपनि पृथक रुपमा प्रस्तुत गर्दै आएका छौं । सञ्चार क्षेत्रमा लामो समय आवद्ध रहेर यसरी पृथक बन्न सक्नुमा सायद यहि सञ्चार जगतले काम गरेको छ भन्ने हामीलाई लागेको छ । हाम्रो अवार्डबाट हौसिने चलचित्रकर्मी मात्र छैनन् कि अन्य अवार्ड आयोजक पनि उत्साहित भएको हामीले पाएका छौं । हाम्रै अवार्डबाट सिकेर केही गर्ने अन्य अवार्ड आयोजक समेत छन् भन्ने कुरा हामी प्रमाण सहित प्रस्तुत गर्न सक्दछौं । उहाहरुले पनि भन्ने गनुहुन्छ । हाम्रा लागि यहि नै गर्वको कुरा पनि हो ।
अवार्डका बारेमा पृथक धारणा आउनु असहज रुपमा हामीले कहिलै लिएका छैनौं । बरु त्यसबाट हामी पनि सिक्ने गर्दछौं र हरेक वर्ष आफूलाई परिमार्जन गर्दै आइरहेका छौं । अवार्ड विवादित सधैं बन्ने गर्छ र हामी सधैं कम विवाद होस् भन्ने नै चाहन्छौं । केही चलचित्रकर्मीहरु बुझेर विरोध गर्लान् तर धेरै जसो भेडाको भिडमा पनि हुने गरेको हामीले पाएको छौं । अवार्डको विरोध किन ? के गरेको छ अवार्डले ! अवार्डले कसलाई हानी गर्छ ? यस्ता कुरा खोतल्ने हो भने डाहा गर्नेकै भिड छ । आफू पनि केहि गर्न नसक्ने र अरुले गरेको पनि देखी नसहनेकै कारण अवार्डलाई विरोध गरिन्छ । वर्षेनी सयौं चलचित्र बन्छन् । त्यसबाट देखिएसम्मका र अवार्डको निर्धारणमा परेका चलचित्रकर्मीहरु प्रोत्साहित हुनु, पुरस्कृत हुनु, सम्मानित हुनु र कामको मूल्याङ्कन हुनुमा कसको के विग्रन्छ ! यहि प्रश्नको उत्तर सायद दिन सक्दैनन् चलचित्रर्कीहरु र उत्तर दिन सक्दैनन् सञ्चारकर्मीहरु ।
अवार्डलाई विरोध गरेर होइन, प्रतिक्रिया दिएर सजग गराउन जरुरी छ । कहानेर के विग्रेको छ त्यसलाई सुझावको जरुरी छ । डि सिने अवार्ड आयोजक मण्डल कुनै पनि अवार्डको विरोध गर्दैन । मात्र अवार्डको प्रकृति निर्धारण गरिनु पर्छ । अवार्डलाई सवै चलचित्रकर्मी, सञ्चारकर्मी एवं दर्शक वर्गबाट मर्यादित बनाउन प्रयासको जरुरी छ । जसबाट अवार्ड अझै गरिमामय होस् । अवार्ड चलचित्रकर्मीहरुका लागि प्रोत्साहन होस् । अवार्ड हामी सबैको होस् ।
अन्त्यमा, समग्र चलचित्रकर्मी, समग्र सञ्चारकर्मी एवं समग्र विज्ञापन दाता, प्रायोजक तथा दर्शकवर्गप्रति हार्दिक आभार प्रकट गर्दछौं । तपाई सबैको साथ सधैं रहिरहोस् हामी यहि चाहन्छौं । हामी निरन्तर छौं र रहिरहने छौं । मनमा तुष पालेर होइन स्वच्छ मनले अवार्डलाई हामी सबैको बनाऔं ।
लेखक डी सिने अवार्डका अध्यक्ष हुनुहुन्छ ।