याक्थुङ मुन्धुममा आधारित ऐतिहासिक चलचित्र “हाङनान्द” को बिशेष शो असार २८ गते बिहिबार धरान स्थित फ्रेन्ड्स सेनिमा,(बारह कप्लेक्स) हुने भएकोछ । निर्देशक बिजय संयक सुब्बाको निर्देशनमा नेपाली भाषाको लिम्बु जाती बिशेष चलचित्र हाङनान्दको बिशेष शो धरान संगै दमक,(झापा), इटहरी, केराबारी,धनकुटा, पाचथर, ताप्लेजुङ र तेह्रथुम गरिने निर्देशक सुब्बाले जानकारी दिए । नेपाल शो पछी अगामी सेप्टेम्बर १० तारिखमा हेनरी जि लेओङ यु मा तेइ कम्युनिटी सेन्टर हंङकंङमा पनि बिशेष शो हुने निर्माण टिमले जानकारी दिएकोछ । भर्खरै काठमण्डौमा सम्पन्न अन्र्तराष्ट्रिय फिल्म फेस्टिवल निफमा पनि अफिसियल छनोट भएर बिशेष प्रदर्शन गरिएको “हाङनान्द” को ट्रेलर पनि सार्वजनिक भएकोछ । ट्रेलर ओएस आर डिजिटलको अफिसियल युट्युब च्यानलमा सार्वजनिक भएको छ । ३ मिनेट ५ सेकेन्डको ट्रेलरलाई पछील्लो समय दर्शकहरुले मन पराइरहेका छन ।
हाङ्नान्द लिम्बूहरुको पवित्र बाजा च्याब्रुङको बारेमा बनाइएको निर्देशक सुब्बाले जानकारी दिनुभयो । हङकङमा बसोबास गर्दै आउनु भएका हेमन्तकृष्ण पंधाक लिम्बुको लेखन रहेको मौलिक कथा रहेको फिल्ममा बिजय संयोक सुब्बाको पटकथा तथा निर्देशन रहेकोछ । लिम्बु मुन्धुमी कथामा आधारित नेपाली चलचित्र हाङनान्द लाई श्रीमती धन कुमारी लिम्बुले निर्माण गरेकी हुन । यस चलचित्रको माध्यमबाट नेपाली समुदाय तथा अन्तरास्ट्रिय स्तरमा लिम्बु मुन्धुमी संस्कृतीलाई परिचित गराउने उद्देश्य रहेको निर्देशक सुब्बाको दावी छ ।
हाङनान्द मा मुख्य भूमिकामा अभिनेता हेमन्तकृष्ण पंधाक, सिता तुम्बाहाम्फे, चन्द्रघोज लिम्बु, युमारानी लिम्बु, बिनोद पोमो, नबिन मेन्याङबो, उदय कुरुङबाङ छन भने हिमाल दाहाल, संगीता लावती रहनुहुने छ । हाङनान्दमा चर्चित सिनेम्याट्रोग्राफर् दीपक बज्राचार्यको छायांकन , झुमा (वनेम) लिम्बुको संगीत , पूमुख सह निर्देशक संगीतकार महेश बराल, राजेन्द्र खड्काको सम्पादन , रमेश थापाको VFX (Animation) , सूवल आर।पीको साउण्ड , मिलन सुबेदीको प्रोडक्सन डिजाइनर र कस्ट्युम परिकल्पनाकार संगीता लावती रहेकिछ्न भने निर्देशन एड्भाइजरको रुपमा केदार भुसाल रहेको निर्माण टिमले जनाएकोछ । लगभग ६५ लाखको बजेटमा निर्माण भएको हाङनान्द मोरङको केराबारी , धरान ,दमक , पाचथर, र ताप्लेजुङमा छायांकन गरिएको निर्माण टिमले जनाएकोछ ।