अहिले जापानमा नेपाली फिल्मको बजार विस्तार हुँदैछ ।नेपाली फिल्मको प्रदर्शन र प्रवद्र्धनमा ‘यूएनए इन्टरटेनमेन्ट अग्रसर देखिएको छ । यो कम्पनिले जापानमा थुप्रै नेपाली फिल्मको प्रदर्शन र प्रवर्धन गर्दै आइरहेको छ ।
‘यूएनए इन्टरटेनमेन्ट ले यो सालका प्रतिक्षित फिल्महरु त्यहाँ प्रदर्शन गर्दैछ, जस्को अहिलेदेखि नै प्रचार प्रसार सुरु गएिको छ । ‘यूएनए’ले तीन फिल्महरु ‘भष्मे डन’(पशुपति प्रसाद २), ‘दिमाग खराब’ र ‘नाङ्गो गाउँ’को प्रदर्शन अधिकार लिएको हो । ’नाङ्गो गाउँ’लाई नेपालबाट भिजोनिया कम्पनिका सुवास लामिछानेले खरिद गरेका छन् भने जापानको नागोया प्रदर्शन अधिकार भने ‘यूएनए’ले लिएको हो । कम्पनिका निर्देशक उज्ज्वल गुरागाइँले तीनवटै फिल्मलाई जापानमा रहेका नेपालीमाझ प्रदर्शनको लागि महंगो रकममा खरिद गरेको बताए ।
गुरागाइँले दिएको जानकारी अनुसार नेपाली पर्वहरूको अवसर पारेर आउँदो तीजमा ‘नाङ्गो गाउँ’, दशैंमा ‘पशुपति प्रसाद २’ र तिहारमा ‘भष्मे डन’ प्रदर्शन हुनेछन् । जापानका विभिन्न शहरमा फिल्मको प्रदर्शनको लागि सहकार्य गर्न जापानवासी नेपालीमाझ कम्पनिले सार्वजनिक रुपमै आव्हान समेत गरेको छ ।