नेपाली र हिन्दी दुबै भाषामा रिलिज हुन लागेको फिल्म हो ‘परस्त्री’ । सुरज पाण्डे निर्देशित फिल्म यतिबेला सेन्सरमा अड्किएको छ । फिल्ममा रहेको चुम्बन, बेड सिनका कारण सेन्सर बोर्डले प्रदर्शनका लागि जाँचपासको प्रमाणपत्र दिन अस्वीकार गरिरहेको छ । आउँदो साता अर्थात असार १५ बाट प्रदर्शन हुन लागेको यो फिल्मलाई सेन्सर बोर्डका अधिकारीले चुम्बन र बेडसिन सहित केही दृश्यप्रति आपत्ति जनाउँदै त्यसलाई सच्याउन र केही दृश्यहरु ‘ब्लर’ गरेर ल्याउन निर्माण टिमलाई निर्देशन दिएको छ ।
मंगलबार सेन्सर बोर्डका पदाधिकारीहरुले फिल्म हेरेपछि सो फिल्मका दृश्यमा कैंची लगाएका हुन् । तर, बोर्डले समावेश दृश्य हटाउन निर्देशन दिए पनि फिल्मका निर्देशक सुरज पाण्डेले भने दृश्य काँटछाट गर्न नमिल्ने बताउँदै आएका छन् । उनी फिल्मको दृश्य काट्नुभन्दा फिल्मलाई एडल्भ प्रमाणपत्र दिन सेन्सर बोर्डसमक्ष माग गर्दै आएका छन् । निर्देशक पाण्डेले आफ्नो फिल्म काट्न्भन्दा एडल्ट सर्टिफिकेट दिए आफु खुसी हुने बताएका छन् ।
‘परस्त्री’को बिषयवस्तु अनुसार हामीले फिल्ममा चुम्बन र बेडसिन राखेका छौ । त्यो कथावस्तु अनुसार जाहेज छन्’, निर्देशक पाण्डेले भने– ‘हाम्रो फिल्म एडल्भ भए त्यही प्रमाण पत्र दिनुस् । तर सेन्सरमा रोक्न मिल्दैन ।’ फिल्म बिना काँटछाट एडल्भ चल्न पाउ आफ्नो क्रियसन नमर्ने पाण्डेको भनाई छ ।
सेन्सर बोर्डका अनुसार फिल्ममा चुम्बन र बेडसिनको अलवा हिंसात्मक दृश्यहरु पनि छन् । उक्त दृश्य ‘ब्लर’ गर्न भनिएको छ । ‘चुम्बन र बेडसिन भएको मात्र भए हामी फिल्मलाई एडल्भ प्रमाण पत्र दिएर सेन्सर पास गथ्र्याै’, सेन्सर बोर्डका एक सदस्यले भने ‘हिंसात्मक दृश्यहरु भएकोले त्यसलाई ‘ब्लर’ गर्नु भनेका छौ । मिलेर आए सेन्सर हुन्छ ।’
बिवाहोत्तर सबन्धले निम्त्याउने समस्याका बारेमा केन्द्रित कथा बोकेको सो फिल्म मुस्ताङ र काठमाडौंलगायतमा खिचिएको थियो । फिल्ममा कोशिश क्षेत्री, गौरव विष्ट, शिल्पा मास्के, एलिसा क्षेत्री, अशान्त शर्मा, गीत विष्ट, रामबाबु रेग्मी, सरस्वती अधिकारी आदिको अभिनय रहेको छ ।