फरक धारका गीतसंगीत सिर्जना गर्न माहिर मानिएका विमर्शीले ‘साइँला’ अलिकति रिस राग, केही गुनासो, केही सद्भाव, शहर र रहरसँग परिवर्तितसँगै कसैको जीवनसँग खेलबाड अनि आफ्नै जीवनमा समर्पित एक बहु चारित्रिक एक सिद्ध पात्रको कथा भएको बताए ।
यो कथा रामजी लामिछानेले आफूले निर्देशन गरेको हरि गिरी विमर्शीको ‘साइँला’ बोलको गीतको भिडियोमा उतारेका छन् ।
विमर्शीको शब्द/संगीत, विश्वास नेपालको संगीत संयोजनमा सजिएको ‘साइँला’ बोलको गीतले रिलिज भएको छोटो समयमा राम्रो चर्चा कमाउँदै गएको छ । गीतमा बहुचर्चित लोकप्रिय गायिका शान्ति श्री परियार र समीक्षा अधिकारीको आवाज रहेको छ भने उनीहरूलाई विमर्शीले आवाजमा साथ दिएका छन् ।
गीतको भिडियोमा नायिका पूजा शर्मा, बद्रीप्रसाद तिवारीले अभिनय गरेका छन् । शिव गिरी, शबु शर्मा, लक्ष्मी थापा मगर, विविशा क्षेत्री, प्रेक्षा कँडेल, पयास्ना गुरुङ (महारानी) र सिजन क्षेत्रीको समेत भिडियोमा अभिनय देख्न सकिन्छ ।
मान कृष्ण महर्जनले खिचेको भिडियोलाई बान्दे प्रसादले सम्पादन गरेका छन् भने राजेन्द्र मोक्तानले भिडियोका दृश्यमा रङ भरेका छन् । गीतलाई शिरिष बस्नेतले निर्माण गरेका हुन् भने गीत विमर्शीको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।