आगलागीबाट मानवीय क्षति भएको छैन । तर, सेट जलेर नष्ट हुँदा १० लाख बराबर क्षति भएको जनाइएको छ । आगलागीपश्चात् गीतको छायांकन रोकिएको छ । फिल्मको सम्पूर्ण छायांकन भैसके पनि एक गीत खिच्न बाँकी थियो, जुन बिहीबारबाट छायांकन गर्न थालिएको थियो । वर्षा फिल्मको एक गीतमा मात्र देखिनेछिन् । फिल्मको मुख्य भूमिकामा मुकुन भुषाल र मेनुका प्रधान छन् ।
सविन अधिकारीको लेखन तथा निर्देशन रहेको फिल्ममा कविता न्यौपाने, सूर्यमाला खनाल, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, स्व. जयनन्द लामा, अंशु मानन्धर, कालु राना, टीका भक्त जिरेल, देवेन्द्र बब्लु, शुशील पोखरेललगायतको पनि अभिनय छ । फिल्मको प्रस्तुतकर्तामा रामप्रसाद रिजाल, निर्मातामा लक्ष्मण रिजाल र कार्यकारी निर्मातामा विज्ञान केसी र अरविन्द्र गिरी छन् ।