सन्देशमुलक गीत–संगीतमार्फत आफ्नो बेग्लै पहिचान स्थापित गरेका स्रस्टा डि.आर. सुजनले नयाँ म्युजिकल फिल्म (गीत) ‘नेपाली हाम्रो जात’ ल्याएका छन् ।
आफ्ना अघिल्ला गीत झैँ यसमा पनि उनले मनोरञ्जनसँगै सामाजिक सन्देश प्रस्तुत गरेका छन् ।
‘गीत–संगीतमार्फत चेतना वृद्धि गर्नु हामी सर्जकको दायित्व पनि हो । त्यहिँ कारणले मेरा गीतमा सामाजिक विषयले स्थान पाउने गरेका छन्’, सुजनले भने– ‘यसमा मैले जातीय भन्दा पनि वर्गीय विभेद विद्यमान छ भन्ने सन्देश दिएको छु ।’
उनले सार्वजनिक गरेको म्युजिकल फिल्ममा सबै एक समान भएको र आर्थिक सम्पन्नताको आधारमा विभेद भने कायम रहेको बताएका छन् ।
‘हामी जुनसुकै जात भए पनि नेपाली हौँ । गीतमा मैले यहि भावलाई प्रस्तुत गर्ने जमर्को गरेको छु । जातीय वर्गीकरण गर्नु हुँदैन भन्ने हाम्रो आशय हो’, उनले भने ।
गीतमा शब्द, संगीत, परिकल्पना, कथा र निर्देशन सुजनकै रहेको छ । यसमा सुजनसँगै हेमन्त कान्छा रसाईली, राजु परियार र धर्म गन्धर्वको स्वर रहेको छ ।
सार्वजनिक म्युजिकल भिडियोमा निर्देशक सुजनसँगै विनोद परियार, सुरवीर पण्डित, रामबाबु रेग्मी, तारा बहादुर गुरुङ, लोकेन्द्र लेखक, तारा केसी, सरिता राजोपाध्याय, मुकुन्द मैनाली, इश्वरी बराल लगायतका कलाकारले अभिनय गरेक्ँ छन् ।