‘यी पाँच विदेशी फिल्म रिलिज हुँदा नेपाली फिल्म नीरफूलको शो खोसिन सक्छ । यी फिल्म नआएको भए नीरफूलले अझै कमाउन सक्थ्यो,’ एक मल्टिप्लेक्स चेनका प्रमुखले नाम नबताउने सर्तमा अनलाइनखबरसँग भने, ‘आगामी दिनमा विदेशी फिल्म वितरणमा होड देखिने पक्का छ । यो संकेत मात्र हो ।’यी विदेशी फिल्मको रिलिज र वितरणमा तीन नेपाली वितरण कम्पनीबीच होड जस्तो पनि देखिएको छ ।
जसमा ‘आदिपुरुष’लाई ए-एइट, ‘द फ्ल्यास र एलिमेन्टल’लाई एप्पल इन्टरटेनमेन्ट र ‘सुगा : रोड टु डी-डे’ र बीटीएस डकुमेन्ट्री ‘जे-होप इन द बक्स’लाई बटरफ्लाइ फिल्म्सले वितरण गर्दैछन् । बटरफ्लाइ फिल्म्स नयाँ वितरण कम्पनी हो ।
मल्टिप्लेक्स चेन क्यूएफएक्सले आदिपुरुष, एलिमेन्टल र द फ्ल्यासलाई मात्र प्रदर्शन गर्नेछ भने ‘सुगा ः रोड टु डी-डे’ र बीटीएस डकुमेन्ट्री ‘जे-होप इन द बक्स’लाई क्यूएफएक्स बाहेकका हलले प्रदर्शन गर्ने जनाएका छन् । सोहीअनुसार हलहरुले एड्भान्स बुकिङ पनि थालेका छन् ।