‘काउली’ हिट भएपछि हरिवंश आचार्य र शान्तिश्री परियारले दोस्रोपटक सांगीतिक सहकार्य गरेका छन् । यी दुई जनाको स्वर रहेको नयाँ गीतको रेकर्ड मंगलबार एक स्टुडियोमा भएको छ । हरिवंशकै शब्द र संगीत रहेको गीतको भिडियो डेढ महिनापछि ल्याउने तयारी छ ।
नयाँ गीत पनि ‘काउली’जस्तै रमाइलो शैलीमा बनेको हरिवंशले बताए । अघिल्लो हिट गीत ‘काउली’लाई अहिलेसम्म एक करोड १५ लाख रुपैयाँ पटक हेरिएको छ । यो हिट ट्रयाकमा शान्तिश्रीसँग भएको सहकार्यलाई लिएर हरिवंशले खुसी जनाए । ‘म हाई स्केलमा गीत गाउँछु । शान्तिश्रीको स्वर पनि राम्रो लाग्छ । अहिलेको जल्दोबल्दो चलेको मान्छे पनि । स्केल मिल्ने भएकाले पनि उहाँसँग सहकार्य गरेको हुँ,’ हरिवंशले भने ।