स्पाईनी ब्याबलर ईन्टरनेशनल फिल्म फेष्टिवलको तेस्रो संस्करण सम्पन्न भएको छ । स्पाईनी मुभिज प्रा.लि.ले बुधबार राष्ट्रिय नाचघरमा तेस्रो संस्करण सम्पन्न गरेको हो । कार्यक्रममा राष्ट्रिय विधामा १४ वटा र अन्तराष्ट्रिय विधामा चार वटागरी कुल १८ वटा विधामा अवार्डसमेत प्रदान गरिएको थियो । यस संस्करणको लागि नेपालका अलवा विभिन्न देशहरूवाट थुप्रै फिचर लेन्थ, सर्ट लेन्थ, डकुमेन्ट्री लगायतका चलचित्रहरूको सहभागिता रहेको थियो ।
नेपाल सरकारका यूवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रम संस्थाका अध्यक्ष डा. हुस्नेद आजादको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा सञ्चारकर्मी बाबुराम सिग्देल, गायिका रोशनी रसाईली, ईभेन्ट म्यानेजर सन्तोष सुवेदी, गायकहरू ओम सुनार र अमृत खाती, अभिनेत्रीहरू आशा भुसाल र उषा खनाल सम्मानित हुनुभएको थियो । फेष्टिवलको निर्णाकहरूमा चलचित्र निर्देशक माधवराज खरेल निर्णायक प्रमुख हुनुहुन्थ्यो भने नाट्यकर्मी केदारनाथ पौडेल, निर्देशक जीवन थापा, अभिनेता प्रवण भुसाल, गायिका सुजता केसी, लेखक तथा साहित्यकार भीष्मराज फुलारा, सङ्गीत संयोजक राकेश सोनी, सञ्चारकर्मी चक्र कुँवर, मेकअप आर्टिष्ट विक्रम गौतम, अभिनेता तथा कोरियोग्राफर लिगेश भट्टराई निर्णायक सदस्यका रुपमा रहनुभएको थियो ।
कार्यक्रममा राष्ट्रियतर्फ निर्देशक दिनेश राउतले चलचित्र ‘प्रकाश’वाट सर्वोत्कृष्ट अवार्ड प्राप्त गर्नुभएको थियो भने सोही चलचित्रवाट प्रदीप खड्काले अभिनेता र विकास सुवेदीले लेखन विधामा अवार्ड हात पार्नुभयो । नायिका नम्रता सापकोटाले ‘डेसान’वाट उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पार्न सफल हुनुभयो भने दर्शनवीर शाक्यले नेपाल भाषाको सर्ट फिल्म ‘ईन्दायणी’वाट निर्देशकको अवार्ड हात पार्नुभयो ।
त्यस्तै, ‘तीर्खा’वाट प्रशन्न मालीले वेष्ट सर्ट फिल्म, ‘किड्न्याप’वाट ज्ञानेन्द्र कोईरालाले सर्टफिल्म निर्देशक, ‘दुःखी बुहारी’ वाट श्रृजना कार्कीले सर्ट फिल्म लेखक, ‘अहम प्रेम’वाट ज्ञानेन्द्र खतीवडाले सर्ट फिल्म छायाँकारको अवार्ड हात पार्न सफल हुनुभएको थियो । सम्पादक गौतम खड्काले भोजपुरी चलचित्र ‘कलयुगकी पाँञ्चाली’वाट सम्पादकको अवार्ड हात पार्दा कमल एक्चै मगरले ‘डेसान’ चलचित्रवाट नवनिर्देशकको अवार्ड हात पार्नुभएको थियो । त्यसैगरी, राहुल राईले चलचित्र ‘मिलन’वाट उत्कृष्ट चलचित्र छायांकार, राजन खरेलले ‘खहरे पाँगु’ बृत्तचित्रको उत्कृष्ट छायांकार जुगल र ‘अ सिम्वोल अफ अनवईरिङ’ वाट लव प्याकुरेल उत्कृष्ट वृत्तचित्र निर्देशकको अवार्ड हात पार्नुभएको थियो ।
कार्यक्रममा ईन्टरनेशनल क्याटेगोरीतर्फ डुक बक्स ईलिङटन (आयरल्याण्ड) लाई उत्कृष्ट डकुमेन्ट्रि फिल्म, द रोड (भारत) लाई उत्कृष्ट फिल्म, फोर्स (ईरान) लाई उत्कृष्ट कथा, द लाईट बल्व (भेनेजुएला) लाई उत्कृष्ट छायांकार र फिडलस्ट्रिक (ईजिप्ट) चलचित्रवाट एजिडिन एफडेल हेडीलाई उत्कृष्ट निर्देशक अवार्ड प्रदान गरिएको थियो । एरा प्रोडक्सन प्रा.लि. ले व्यवस्थापन गरेको उक्त कार्यक्रमको निर्देशक कमला जोशी हुनुहुन्छ ।