विवाह, कोरोना, सन्तान अनि घर–परिवारका बावजुद अभिनेत्री ऋचा शर्मा आफ्नो काममा लागि नै रहेकी छिन् । भलै उनका काम पर्दामा देखिन केही ढिलो भैरहेको छ, उनले काम नै पाएकी छैनन् भन्ने स्थिती छैन ।
तर लामै समयपछि भनौँ उनी म्युजिक भिडियोमा देखिन लागेकी छिन् । उनलाई देखाउन लागेका छन् निर्देशक निकेश खड्काले यश कुमारकोगीत मार्फत । ‘उस्तै देख्छु अझै पनि’ बोलको गीत प्रकट पंगेनीले लेखेका हुन् ।
यही शुक्रवार रिलिज हुने उक्त गीतमा अभिनेत्री शर्माले भीम न्यौपानेसंग स्कृन सेयर गरेकी छिन् । ऋचाका फ्यानहरुका लागि यो पक्कै विशेष खुराक हुने नै छ ।