जेठ ८ गतेदेखि फ्लोरमा रहेको निर्शचल बस्नेत निर्देशित सिनेमाको हाल काभ्रेस्थित पाँचखालमा धमाधम सुटिङ चलिरहेको छ।
३५ दिने सेड्यूलसहित छायांकनमा रहेको टोलीले अहिले ३२ डिग्रीको गर्मी त्यहाँ सुटिङ गरिरहेको छ।
पाँचखालमा यो समय अत्याधिक गर्मी हुने गर्छ। यहाँ तापमान केही वर्षहरुमा ३४-३५ डिग्रीसम्म पुगेको रेकर्ड छ।
सिनेमाका निर्माताले पाँचखालको गर्मीलाई छल्न सर्वाधिक गर्मी हुने १२ देखि ३ बजेको समयलाई इन्डोर सुटिङ गरेर व्यवस्थापन गरिरहेको जानकारी दिएका छन्।
अब १० दिनपछि पाँचखालको सुटिङ प्याकअप हुने उनले बताए। बाँकी छायाँकन भने काठमाडौंमा हुनेछ।
यस्तो गर्मीका बिचपनि सिनेमाको निरन्तर सुटिङ चलिरहेको छ। निश्चलले यसअघि पनि यहाँ आएर एउटा म्यूजिक भिडियोको सुटिङ गरेका थिए।
यसैबिच सिनेमाले सुटिङस्थलबाट सुटिङ नेपथ्यका (बिहाइन्ड द सिन)का तस्विरहरु सार्वजनिक गरेको छ।
कात्तिक २४ रिलिज हुने यो सिनेमाको पटकथा आकाश बरालले लेखेका हुन्।
यस्तै सिनेमामा खगेन्द्र लामिछाने, दयाहाङ राई, अर्पण थापा, स्वस्तिमा खड्का र विजय बराल मुख्य भूमिकामा छन् भने स्वस्तिमा पनि आफ्ना पतिको सिनेमामा पहिलोपटक एक्सनकट गर्दैछिन्।
हेर्नुस् तस्बिरहरुः