यो साता ‘नीरफूल’ र ‘वेलकम टु हेम्जाकोट’ प्रदर्शनमा आउने भएका छन् ।
नेपाल टेलिभिजनका महाप्रबन्धक एवम् तीन दशक लामो समयदेखि पत्रकारिता र साहित्यमा सक्रिय फूलमान वलद्वारा निर्देशित चलचित्र ‘नीरफूल’ २०७२ सालको महाभूकम्पको कथा वस्तुलाई समेटेर तयार पारिएको हो । ‘नीरफूल’को ट्रेलरमा पनि वैदेशिक रोजगारी र महाभूकम्पको महाविपत्तिले रुवी भ्यालीको एउटा गाउँको परिवार नै उजाडिएको दृष्य देख्न सकिन्छ । त्यस्का साथै ‘नीरफूल’को कथावस्तुमा मुलुकमा व्याप्त भ्रष्टाचार र बेथितिलाई पनि उजागर गर्न खोजिएको र नितान्त पारिवारिक फिल्म बनेको निर्माता टिमको दाबी छ ।
महाभूकम्पमा परी रुवी भ्यालीमा बिछोडिएका एक परिवारको सदस्यहरुले पुनर्मिलनका लागि गरेका हरेक संघर्षको कथावस्तुमा आधारित चलचित्रमा अभिनेता दयाहाङ राई, बुद्धि तामाङ, अभिनेत्री रेखा थापा र शान्ति वाइवालाई मुख्य भूमिकामा देख्न सकिन्छ । रुवी भ्याली र काठमाडौंमा छायाँकन गरिएको उक्त चलचित्रमा अन्य कलाकारहरु पुष्कर गुरुङ, जिग्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, मानसराज र रोशन फ्युवाको विशेष भूमिका छ ।
यस्तै सरोज पौडेलको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘वेलकम टु हेम्जाकोट’ले बेरोजगारीले निम्त्याउने समस्या र अन्तरजातीय प्रेमको कथावस्तु पेश गर्छ ।
अभिनेता विनोद न्यौपाने, बुद्धि तामाङ, दिनेश खड्का, प्रदिप ढकाल, सन्दिप सिग्देल, अम्बिका तामाङ, सुजाइरा कार्की, विशाल पहारी, रवि गिरी, लक्ष्मीनाथ तिमल्सिना, रश्मी भट्ट, अस्मिता पन्त, शारदा गिरी, बलदिव राई, प्रेविल कँडेल, स्व. जयनन्द लामा आदिको अभिनय रहेको चलचित्र क्लोजअप सिने प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो ।
चलचित्रलाई दिर्घ गुरुङले छायांकन गरेका हुन् । मिलन श्रेष्ठको एक्सन, मित्र डि गुरुङको सम्पादन, राज सागरको संगीत, शास्वत श्रेष्ठको ब्याकग्राउन्ड म्युजिक, कविराज गहतराज र गम्भीर विष्टको करियोग्राफी, इन्दिरा जोशी, शान्तिश्री परियार, अस्मिता अधिकारी, राज सागर, राजन इशान, उदेश श्रेष्ठको गीतमा आवाज रहेको छ । चलचित्रलाई सुनिल मानन्धरले नेपालमा वितरण गर्दैछन् भने विदेश राइट्स राज सागरले किनेका छन् । यो चलचित्रले नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा सर्वश्रेष्ठ फिल्मको अवार्ड पनि जितेको थियो ।
बौद्धधर्मका गुरु खिन्से नोर्बु (जोङ्सार खिन्से रिम्पोछे) निर्देशक रहनुभएको सो चलचित्रमा ६० प्रतिशत तिब्बती र ४० प्रतिशत नेपाली भाषाको प्रयोग गरिएको छ । छिरिङ तासी, तेञ्जिङ कुन्सेल, कार्म, दिव्यदेव, रवीन्द्रसिंह बानियाँलगायतको यसमा अभिनय रहेको छ ।