बलिउडका अधिकांश लोकप्रिय अभिनेत्रीहरुले घरजम गरिसकेका छन् । केहि भने अझै पनि करियर बनाउनमा नै व्यस्त छन् ।
बलिउडमा अविवाहित अभिनेत्रीहरुमध्येकी एक हुन् तब्बू । उनले आफ्नो एउटा अन्तर्वार्तामा मानिसले विवाह नगरी एक्लो जीवन बिताउनु गलत कुरा नभएको, तर गलत मानिससंग जीवन बिताउनु भने गलत कुरा भएको बताएकी छिन् ।
आफ्नो एक्लो जीवनका बारेमा बोल्दै तब्बू भन्छिन् – ‘हाम्रो स्वंयको खुशी हाम्रो सम्बन्धको स्थितिसंग सम्बन्धित विभिन्न कुराबाट आउँछ । बलिउडमा आफ्नो कुशल अभिनय क्षमताले छुट्ण्टै पहिचान बनाउन सफल तब्बू ५१ वर्ष पुरा हुँदा पनि एक्लो जीवनमा रमाइरहेकी छिन् ।
सञ्जय कपूर, साजिद नाडियावालादेखि नागार्जुनसंग तब्बूको प्रेम सम्बन्ध नरहेको होइन, तर कुरा विवाहसम्म पुग्न सकेन ।
त्यसो त तब्बुको अभिनेता अजय देवगनसंगको गहिरो मित्रताको बारेमा थाहा नहुने धेरै कम होलान् । दुबै बाल्यकालदेखिका साथी हुन् ।
तब्बूले कुनै केटाहरुसंग बोल्दा अजयले ती केटाहरुलाई पिट्ने, धम्कि दिने गरेको कुरा एक पटक तब्बूले बताएकी थिइन् ।
आफ्नो विवाह नहुनुमा कहिँ न कहिँ अजय देवगन जिम्मेवार रहेको पनि तब्बूले बताएकी छिन् ।
अजयले आफूलाई कुनै केटासंग नजिक भएको देख्यो कि धम्कि दिने भएकाले आफूसंग कोहि नजिक नभएको उनको भनाइ रहेको छ ।