मिस नेपाल २०१८ शृङ्खला खतिवडाका स–साना क्रियाकलापहरु समाचार बन्ने गरेका छन् । खै किन हो, उनका जुनसुकै हर्कतले मिडिया तताउने गर्छ ।
श्रृङ्खलाको जति चर्चा न त उनीअघिका मिस नेपालको हुने गरेको थियो, न त उनी पछिका कसैको नै भएको छ ।
सम्भव सिरोहियासंगको उनको तस्विर सार्वजनिक भएपछि उनले विभिन्न प्रतिक्रियाको सामाना गर्नु परेको थियो । अहिले उनै सम्भवसंग उनको इङ्गेज्मेन्ट भएको चर्चा चलेको छ । उनले गोप्य रुपमा इङ्गेज्मेन्ट गरेको खबर सामाजिक सञ्जालमा यत्रतत्र देख्न सकिन्छ । तर वास्तविकता त उनले मुख नखोलेसम्म कसरी थाहा पाउने र ?
त्यसो त शिशन बानियासंगको प्रेमलाई उनले अन्तिमसम्म पनि अस्विकार नै गरेकी थिइन् । तर सम्बन्ध अन्त्य पश्चात् पो अझ दुई साथ रहँदाका कुरा सञ्जालभर फैलिए । अब यो पटक सम्भवसंग पनि यस्तै पो हुने हो कि ? समयले बताउला ।