गायक कर्णदासको स्वर तथा संगीतमा तयार भएको ‘प्रतिक्षा…’ बोलको गीतको म्युजिक भिडियो निर्देशन गर्दै अभिनेत्री ढुंगानाले निर्देशनको क्षेत्रमा समेत पाइला अघि बढाएकी हुन् । सचिता कर्माचार्यले यो गीत रचना गरेकी हुन् ।
सचिता कर्माचार्यको प्रस्तुतिमा निर्माण भएको म्युजिक भिडियोको छायांकन सञ्जय लामाले गरेका हुन् भने मिला श्रेष्ठले यसको सम्पादन गरेका छन् ।
सार्वजनिक गीतमा अभिनेत्री गौरी मल्ललाई मुख्य भूमिकामा प्रस्तुत गरिएको छ । भिडियोमा अभिनेत्री मल्लका विभिन्न रुपलाई चित्रण गरिएको छ । भिडियोमा मल्लसहित सुरेश शिल्पकार, गजित बिष्ट, गोपालकाजी कायस्थ, सृष्टी भुजेल, दिव्या कार्की, उषा डंगोल, बिना डंगोल, पुजा श्रेष्ठ, समिक्षा गदाल, पुष्पा बिश्वकर्मा, डिबी घिमिरे, सरोज खड्की र रामभक्त कोइरालाको साथमा बाल कलाकार कृर्तिका बस्नेत, लेसी अधिकारी, सुनिप कार्की, र अनुरोध गोदारले अभिनय गरेका छन् ।