प्रकाश सपुतको गीत ‘सकम्बरी’ बाट चर्चा कमाएकी मोडल कुसुम शर्मा अभिनीत नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘इट्टा भट्टी’ बोलको गीतमा उनी दुर्गेश थापाको जोडीका रूपमा देखिएकी हुन् ।
याम थापा मगरको शब्द संगीत अनि दिपेन थापाको स्वर रहेको गीत आज सार्वजनिक गरिएको हो । मौलिकशैलीमा तयार भएको गीतको भिडियो विशाल घिमिरेले निर्देशन गरेका हुन् ।
भिडियोमा दुर्गेश र कुसुम ईंट्टाभट्टामा काम गर्ने मजदुर जोडीको रुपमा देखिएका छन् । भिडियो अनुसार ईंट्टाभट्टामा काम गर्दा एक युट्यूवरले दुर्गेशको अन्तरवार्ता लिन्छन् । र उनको गायन प्रतिभालाई युट्यूवमार्फत सबैसामु
पुर्याउँछन् । त्यसपछि उनको जीवनले नयाँ टर्न लिन्छ । दुर्गेश ‘स्टार गायक’ बन्छन् । भिडियोमा यही कथा समेटिएको छ ।