लामो समय देखी अष्ट्रेलियाको सिड्नी बस्दै आएका गायक सुनिल कटुवालले उनको नयाँ गीत “झुम्कावाली”सार्बजनिक गरेका छन् ।
सुनिल कटुवाल युट्युब च्यानल मार्फत् सार्बजनिक गरिएको गीतमा नेपालको चर्चित नृत्य समुह भीमफेदी गाईजको सामुहिक नृत्य रहेको छ भने मोडल आभा थापालाई फिचरिङ गरिएको छ ।
दर्जनको हाराहारीमा हिट गीत दिएका कटुवालले गत महिना मात्रै “जब नजिक” बोलको गीत सार्बजनिक गरेका थिए । एक महिनाको अन्तरमा सार्बजनिक गरिएको “झुम्कावाली”मा बोल्ड मोडलका रुपमा चिनिएकी मोडल अनिशा पोख्रेलको समेत फिचरिङ रहेको छ । पोख्रेल र गायक कटुवाललाई श्रेया ज्ञवाली र दिपिका तामाङले साथ दिएका छन् ।
यसअघि सार्बजनिक कटुवालको “कपुरी क”, “ताराबाजी लै लै”, “मुखैमा राम–राम”, “केटो अलि कमाउने होस”, “डाडँ कटौला”लगायतका गीतहरु चर्चित छन् ।
भीमफेदी गाईज संग सहकार्य गर्न पाउदा खुसी ब्यक्त गर्दै गायक कटुवालले “ झुम्कावाली”ले दर्शक–स्रोताको मन जित्ने बताए । साथै आगामी दिनहरुमा समेत गीत–संगीतलाई निरन्तरता दिने बताए ।
सार्बजनिक गीतमा किरण के उप्रेतीको शब्द,पुष्कर सुनुवारको संगीत संयोजन,पवन सुस्लिङको छायाँकन तथा सम्पादन रहेको छ । भीमफेदी गाईजका निर्मल कुमार लामाको निर्देशन रहेको भिडियोमा सपना लम्साल र मन्जु रानाको मेकअप रहेको छ भने, अष्ट्रेलिया अंशको छायाँकन राजीब बस्नेतले गरेका हुन् ।