कहिले काँही सेलिब्रेटीहरुको पर्दामा मात्र नभई रियल लाइफमा पनि एक आपसमा झगडा हुने गरेको तपाई हामी सबैले सुन्दै आईरहेको कुरा हो । झगडामात्र हैन बोलचाल बन्द भएका घटना त धेरै नै रहेको छ । यसैक्रममा आज हामी तपाई लाई बलिउडका चलेका स्टारहरु सनी देओल र अनिल कपुरको लडाँईका बारेमा जानकारी दिदैछौ ।
सनी देओल र अनिल कपुरले आफ्नो लामो करियरको सुरुवाती दिनमा मात्रै सँगै काम गरेका थिए । तर, त्यसपछि उनीहरु कुनै पनि फिल्ममा सँगै देखिएनन् । आजकल दुवैले सँगै काम नगरे पनि ९० को दशकमा दुवैको जोडीको निकै तारिफ भएको थियो । दुवैले तीनवटा फिल्ममा सँगै काम गरेका छन् । तर, यी फिल्मपछि करिब ३५ वर्षदेखि दुवै एकअर्कासँग कुनै फिल्ममा देखिएनन् ।
आज हामी तपाईलाई यसको कारण बताउन गइरहेका छौँ । यो जोडीले ‘रामअवतार’, ‘इन्तेकम’ र ‘जोशिलाय’मा सँगै काम गरेका थिए । यी तीनवटै चलचित्र निकै यादगार चलचित्र हुन् । तर यी तीनवटै फिल्मको सुटिङ सेटमा यी दुईबीच निकै झगडा भएको थियो, जुन अहिले पनि मानिसमा चर्चित छ । वास्तवमा, जब दुबै कलाकार करियरको उचाइमा थिए, निर्देशक सुनिल हिंगोरानीले दुबैको स्टारडम देखेर फिल्म ‘रामअवतार’ बनाउने सोचेका थिए ।
अनिल र सनी पहिले नै सिब्ते हसन रिजवीको फिल्म जोशिले गर्दै थिए। दुवै फिल्म रिलिज हुन एक वर्षको अन्तर थियो । ‘जोशिलेको सेटमा यी दुईबीच कुनै मनमुटाव भएन तर फिल्मको पोस्टर रिलिज भएपछि दुवैबीच मनमुटाव भएको थियो । वास्तवमा यो फिल्मको क्रेडिटमा सनी देओलको अगाडि अनिल कपूरको नाम देखाइएको थियो । यो देखेर सन्नी रिसाए । तर, शेखर कपुरको मननमा उनी शान्त भए ।
तर पछि फिल्म ‘रामअवतार’ को सुटिङको क्रममा एउटा दृश्यमा सन्नीको रिस उठ्यो । रामअवतारको सुटिङका क्रममा एउटा दृश्य छायांकन हुने थियो । यो दृश्यमा सन्नीले अनिलको घाँटी थिच्नु परेको थियो । तर भनिन्छ, त्यसबेला सन्नी देओलले आफ्नो रिस गुमाएका थिए र अनिल कपूरको घाँटी थिचेका थिए जसका कारण उनको सास रोकिएको थियो ।