अभिनेता श्रीदेव भट्टराईले अफ्रीकामा उत्कृष्ट अवार्ड प्राप्त गरेका छन् । विभिन्न नेपाली चलचित्र र म्युजिक भिडियोमा अभिनय गरेका उनले अफ्रीकामा एक महत्वपूर्ण अवार्ड ‘पीडा’ गीत बाट उत्कृष्ट मोडलको अवार्ड पाएको जानकारी दिए ।
नेपाली कला छेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल अभिनेता भट्टराईले यसअघि पनि विभिन्न अवार्ड प्राप्त गर्नुका साथै सम्मानित भएका छ्न् विगत लामो समयदेखि राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा धेरै कार्यक्रमहरुको आयोजना गरी एक सफल ईभेन्ट आयोजकको रुपमा ख्याती कमाएको वल्र्डवाईड मिडिया नेटकर्वकको आयोजनामा तेस्रो ग्लोवल ईन्टरनेशनल अवार्ड ईजिप्टको कायरोस्थित होटल स्विस ईन नाईलमा सम्पन्न भएको छ ।
ईजिप्टका लागि नेपाली राजदूत सुशिल के लम्सालको प्रमुख आतिथ्यतामा आयोजित उक्त समारोहमा नेपालबाट उक्त अवार्ड समारोहका लागि छनोट भएका कलाकार, अभिनेता, सौन्दर्यविद्,समाजसेवी, व्यवसायीलगायतको उपस्थिती रहेको थियो ।
नेपालमा विभिन्न विधामा छनोट भई सम्मान प्राप्त गर्नेमा वरिष्ठ अधिवक्ता कलमबहादुर खत्री, वरिष्ठ सौन्दर्यविद् मनिषा जिसी, युवा समाजसेवी तथा व्यवसायी अनिल नगरकोटी, साहित्यकार राधादेवी भण्डारी, स्वास्थ्य व्यवसायी गोपाल खड्का तथा समाजसेवी ममता खत्री रहेका थिए भने अन्य अवार्ड प्राप्त गर्न सफल व्यक्तित्वहरुमा लोक पप गायन विधामा वरिष्ठ गायक सिताराम पोखरेल , गीतकारबाट आधुनिक तर्फ सीताराम कोईराला र आधुनिक महिला गीतकार बाट रिमा श्रेष्ठ, तामाङ सेलो (डेव्यु) जसपाल पाख्रिन तामाङ, संगीततर्फ संगीतकार रविन्द्र पौड्याल, म्यूजिक भिडियो निर्देशनबाट सोनाम पाख्रिन, लोक पप विधाको मोडलबाट प्रकाश श्रेष्ठ तथा उत्कृष्ट स्वास्थ्य व्यवयीकारुपमा अनिलकुमार शर्मा रहेका थिए ।
सम्मानित एवं अवार्ड विजेताहरुलाई प्रमुख अतिथि राजदुत लम्साल, आयोजक समितिका अध्यक्ष रामकृष्ण, सञ्चारकर्मी राज लुईटेललगायत दूतावासका अन्य पदाधिकारीहरुले अवार्ड वितरण तथा सम्मानित गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि राजदुत लम्सालले नेपालकै पुरानोमध्य एक नेपाली दूतावास रहेको ईजिप्टमा यस समारोहका कारण नेपाली कला, संस्कृति र ईतिहासको प्रवद्र्धन गराउन सफल भएकोमा आयोजकलाई वधाई दिँदै नेपालमा ख्याती कमाएका व्यक्तित्वहरुलाई सम्मान प्रदान गर्न पाउदा आफू खुशी भएको बताए ।
यसै गरी अवार्ड विजेताका तर्फबाट नेपाल आयल निगमका पूर्व निर्देशक, रेडियो नेपालका बोर्ड डाइरेक्टर तथा वरिष्ठ गायक सिताराम पोखरेलले आयोजक संस्था वल्र्डवाईड मिडियाले देशको विषम परिस्थितीका बावजुद निकै कठिनाई पार गर्दै विश्वकै ईतिहास बोकेको देश ईजिप्टमा अवार्ड समारोह गरस् आफूहरुलाई यहाँसम्म निमन्त्रणा गरी कार्यक्रम गर्न सफल भएकोमा आयोजकप्रति धन्यवाद व्यक्त गरे ।
यसअघि थाईलेण्डको बैंककमा प्रथम संस्करणको अवार्ड समारोह आयोजना गरेको वल्र्डवाईड मिडियाले दोश्रो संस्करण युएईको दुबईमा गरेको थियो ।