यसअघि फिल्म निर्मात्रीको रुपमा स्थापित भैसकेकी कृषा चौलागाईं अब निर्देशकको रुपमा डेब्यू गर्ने भएकी छिन् । इन्साफ, कसम हजुर, पलास लगायत फिल्म निर्माण गरिसकेकी कृषा चौलागाईँले ‘अैँचो–पैँचो’ लाई निर्देशन गर्दैछिन् । योसंगै यो उनको डेब्यु निर्देशकिय फिल्म बन्नेछ ।
सोसल–पोलिटिकल ड्रामामा बन्ने ‘अैँचो–पैँचो’ मा स्वस्तिमा खड्का र मुकुन भुषालको मुख्य भूमिका रहने फिल्ममा वर्षा राउतको समेत अभिनय रहने छ ।
यो फिल्ममार्फत ‘बुलबुल’ पछि स्वस्तिमा र मुकुनले एकसाथ स्क्रिन सेयर गर्दैछन् । बुलबुलमा यी दुईलाई दर्शकले मन पराएका थिए भने विश्वभरका विभिन्न फिल्म फेस्टिवलमा समेत यो फिल्मलाई मन पराएका थिए ।
वर्षा राउत अहिले फुर्सदिली बनेकी थिइन् । त्यस्तोमा उनले यो फिल्ममा काम गर्ने मौका पाएकी हुन् । अभिनय नै गर्न जन्मिएकी झैँ लाग्ने वर्षालाई पछिल्लो समय सहायक अभिनेत्रीको भूमिकामा मात्र प्रस्ताव गर्न थालिएको छ ।
त्यसो त स्वस्तिमा र वर्षा पनि ‘छक्का पञ्जा–२’ पछि एक साथ फिल्ममा देखिन लागेका हुन् ।
वर्षा, स्वस्तिमा र मुकुनबाहेक यो फिल्ममा विशाल पहारी, कोशिश क्षेत्री, सुशिल सिटौला तथा शारदा गिरीको पनि अभिनय रहने छ ।
आगामी फागुनको दोस्रो सातादेखि छायांकनमा जाने फिल्मको एक हप्तापछि वर्कसप थाल्ने तयारी गरिएको छ । फिल्मको पटकथा तथा संवाद अभिमन्यू निरवीले तयार पारेका हुन् ।