लबारी नगरको भूगोल, सम्पदा, धार्मिक आस्था, जातजाति र संस्कृतिलाई शिरोपर गरि, पर्यटन विकाशमा समर्पण गीत ‘मोरङ जिल्ला बेलबारी नगर, गाउँ राम्रो हाम्रो हजुर, माया गर्ने मायालुलाई, ज्यानै दिन्छौ हामी हजुर ।’ र वरिष्ठ साहित्यकार रोचक घिमिरेद्वरा सम्पादन, बेलबारी विशेषांक द्वय माषिक पत्रिका ‘रचना’ सार्वजनिक गरिएको छ । बेलबारी नगरपालिका कार्यलयको सभा हलमा एक कार्यक्रमबीच यि दुई सिर्जना सार्वजनिक गरिएको हो ।
सेवा रेकर्डिङ स्टुडियो अनाम नगरमा स्वराङकन गरिएको, बालक गुरुङद्वारा रचना र संगीतबद्द, पदम राजनको संगीत संयोजन, रेकर्डिष्ट योगेन राई र मुश्कान राईको मिक्सिङ मास्टरिङ रहेको ‘मोरङ जिल्ला बेलबारी नगर’ बोलको गीतमा राजेश पायल राइको मुख्य स्वर रहेको छ भने गायिका खुशी थुलुङ र सविना योङहाङको सहयोगी स्वर छ । छायांकन दृश्यमा उपेन्द्रकुमार राईको नृत्य निर्देशन र चलचित्र निर्देशक भीम लामाको निर्देशन छ । यसको भिडियोमा यूशान राई, संजिता रसाइली, अभिनास मगर, निमा तामाङ, विवेक तामाङ, सारिका धिमाल, प्रसिदिका धिमाल, जिया क्षेत्री, समीर धामी, स्मृति धिमाल र इमान एन्जिलिना लिम्बूको अभिनय रहेको छ ।
गीत र छायांकनले बेलबारी नगरको समग्र पर्यटकीय विकाशमा सेवा पुर्याउने उद्देश्यकासाथ नगरको भुगोल, सम्पदा, धार्मिक आस्था, मनोरञ्जनात्मक स्थल, जातजातिहरू र संस्कृतिलाई उजागर गरेको छ ।
साहित्यकार कुलप्रसाद बरालले सञ्चालन गर्नुभएको उक्त कार्यक्रम बेलबारी नगर प्रज्ञाप्रतिष्ठानका अध्यक्ष रेखा सुवेदीले सभापतित्व गर्नुभएको थियो भने प्रतिष्ठानका उपाध्यक्ष अजितकुमार धिमाल र हिमांशु रायले कार्यक्रमको विषयमा प्रकाश पार्दै स्वागत मन्तव्य तथा धन्यबाद ज्ञापन दिएको थिए ।
प्रमुख अतिथि रहनु भएका बेलबारी नगर प्रमुख दिलप्रसाद राई र विशेष अतिथि पुर्व माननीय हर्कमान तामाङसँगै अन्य अतिथिले ‘मोरङ जिल्ला बेलबारी नगर बोलको छायांकन गीत दृश्य’ र बेलबारी नगरका स्रष्टा सर्जकहरूको साहित्य सिर्जना समेटिएको रचना दृश्य मासिक बेलबारी विषेशांकको सार्वजनिक करण गर्नुभएको थियो । गीतको छायांकन दृश्य र रचना द्वय माषिक सार्वजनिक गरिए पश्चात् प्रमुख अतिथि राई र विशिष्ट अतिथि तामाङले मोरङ जिल्ला बेलबारी नगर बोलको गीत र साहित्यमय पत्रिका रचनाले बेलबारी नगर र यहाँका स्रष्टाहरूलाई विश्व भरिनै चिनाउने महत्वपूर्ण सिर्जना रहेको बताउनुभएको थियो ।
त्यसैगरी, गीत र रचना पत्रिकाले बेलबारी नगरको चिनारी, गीत संगीत साहित्य सम्मान र विकासमा महत्वपूर्ण भूमिका रहने विश्लेषण गर्दै गायिका एवं संविधान सभा सदस्य मधु गुरुङ, समाजसेवी एवं वरिष्ठ साहित्यकार इरान राई, साहित्यकार÷गीतकार एवं प्राज्ञ गंगा सुवेदी, अन्वेषक अनिल पौडेल, स्रष्टा समाजका अध्यक्ष एवं वरिष्ठ साहित्यकार जेवि थुलुङले आ–आफनो मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा गायक संजीव धिमालले आफनो सुमधुर स्वरमा गीत प्रस्तुत गर्नुभएको थियो । प्रतिष्ठानका अध्यक्ष एवं कार्यक्रम सभापति रेखा सुवेदीले कार्यक्रमको महत्व र विशेष्ता दर्सांउदै सहभागी स्रष्टा सर्जक, साहित्यकार, कलाकार, पत्रकार, उपस्थित ब्यक्तित्वलाई धन्यवाद दिँदै कार्यक्रम समापन गर्नुभएको थियो ।