अपाङ्गता भएका व्यक्तिहरुप्रति समर्पित एउटा एउटा सांगीतिक प्रस्तुति ‘आउ साथी…’ ले सबै वर्गका दर्शक तथा स्रोताको मन जितिरहेको छ । सम्पूर्ण अपाङ्गता जगतलाई उर्जा प्राप्ति होस् भन्ने उदेश्यले तयार पारिएको उक्त गीतको म्युजिक भिडियो हालै काठमाडौंमा आयोजित एक समारोहमा सार्वजनिक गरियो ।
उक्त गीतमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, रामकृष्ण ढकाल, अञ्जु पन्त, शिव परियार, पुष्पन प्रधान, अस्मिता अधिकारी, बुनु श्रेष्ठलगायतका गायक–गायिकाको स्वर सुन्न सकिन्छ । निरज श्रेष्ठको संगीत संयोजन रहेको गीतमा महेश्वरमान राजभण्डारीको मिक्सिङ र मास्टरिङ रहेको छ ।
बिमललाल श्रेष्ठको परिकल्पनामा निर्मित भिडियो मोहन राई र नारन खतिवडाले निर्देशन गरेका छन् । भिडियोमा नारन खतिवडा र अनिरुद्ध आत्रेयको कथा, शरद महतोका छायांकन रहेको छ ।
भिडियोमा यो गीतका गायक–गायिकाका साथमा प्रकाश सुवेदी, प्रिन्स प्रसिद सिंह थापा, देवकुमार श्रेष्ठ, सुन्दर धिताल, आईपी आचार्य, विकास रिमाल, सविना थाप, उषा रजक, रस्मी भट्ट, रक्षा थापा आदि कलाकारले अभिनय गरेका छन् ।